+
+
Shares

नेपाल टेलिकमले ल्यायो विद्यार्थीका लागि ‘एनटी फाइबर विद्यार्थी अफर’

टेलिकम केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उक्त अफर सुरु गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल टेलिकमले २०५४ साल वा त्यसपछि जन्मेका विद्यार्थीका लागि ‘एनटी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा ल्याएको छ।
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उक्त अफर सुरु गर्दै टेलिकमको पहल सह्रानीय रहेको बताए।
  • अफर अन्तर्गत विद्यार्थीले ४९९९ रुपैयाँमा ३० एमबीपीएस इन्टरनेट सेवा एक वर्षका लागि पाउन सक्नेछन् र जडान शुल्क ५ सय रुपैयाँ लाग्ने छ।

२३ कात्तिक, काठमाडौं । नेपाल टेलिकमले विद्यार्थी लक्षित ‘एनटी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा ल्याएको छ । यो अफर २०५४ साल वा त्यसपछि जन्मेका विद्यार्थीका लागि लागु हुने कम्पनीले जनाएको छ ।

आइतबार टेलिकम केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उक्त अफर सुरु गरे ।

मन्त्री खरेलले आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सूचना प्रविधिमा पहुँच सुनिश्चित गर्न टेलिकमले गरेको यो पहल सह्रानीय रहेको बताउँदै टेलिकमलाई धन्यवाद ज्ञापन गरे  ।

उनले फाइबर सेवाका ग्राहक वृद्धि गर्न बजारीकरणका उपाय अपनाउन अनुरोध गर्दै जनतालाई सुसूचित गर्न र सधैंभरि सम्पर्क स्थापित गर्न टेलिकमले खेलेको भूमिका सह्रानीय रहेको बताउँदै सुशासन अनुभूति हुने गरी कार्य गर्न निर्देशन समेत दिए ।

टेलिकमका अनुसार यो अफर २३ कात्तिकदेखि २२ माघसम्म उपलब्ध हुनेछ । अफर अन्तर्गत विद्यार्थीले ४ हजार ९ सय ९९ रुपैयाँमा ३० एमबीपीएस गतिको इन्टरनेट सेवा एक वर्षका लागि पाउन सक्नेछन् । यो सेवाको जडान शुल्क ५ सय रुपैयाँ लाग्ने छ । र, विद्यार्थीले १ थान डुअल ब्यान्ड सीपीई र अधिकतम १ सय मिटर ड्रप फाइबर निःशुल्क पाउनेछन् ।

यस अफर अन्तर्गत उपलब्ध गराइएको एफटीटीएच प्याकेजको समयावधि समाप्त भएपछि पुनः यसै प्याकेजमा नवीकरण गर्न नसकिने हुँदा सेवा नवीकरण गर्न चाहने विद्यार्थीले साविकमा उपलब्ध गराइएका प्याकेजमध्येबाट आफ्नो आवश्यकता बमोजिम कुनै एक प्याकेज छनोट गरी सेवा प्रयोगलाई निरन्तरता दिन सक्नेछन् ।

यस अफर अन्तर्गत एफटीटीएच सेवा खरिद गर्ने विद्यार्थीले प्याकेजको समयावधि समाप्त भएपछि साविकका अन्य प्याकेजमा नवीकरण गर्न नचाहे सुरुमा उपलब्ध गराइएको सीपीई भने फिर्ता गर्नुपर्ने छ ।

अफरका लागि आवेदन दिन विद्यार्थीले परिचयपत्र, जन्म मिति खुल्ने प्रमाणपत्र ‘जन्म दर्ता वा नागरिकता’ र नाबालिगका हकमा अभिभावकको नागरिकता र लाइसेन्स र पासपोर्टको प्रतिलिपि आवश्यक पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?