News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला प्रशासन कार्यालय गोरखाले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घाइते आठ जनालाई परिचयपत्र वितरण गर्ने भएको छ।
- घाइतेलाई स्वास्थ्य तथा जनसङख्या मन्त्रालयबाट प्राप्त भैपरी खर्चबापत जनही २० हजार रुपैयाँ वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए।
- सरकारले आन्दोलनका क्रममा घाइतेहरुलाई नीति बनाएर सेवासुविधा दिनसक्ने भन्दै परिचयपत्र वितरण सुरु गरिएको सहायक प्रजिअ बरालले खुलाउनुभयो।
२३ कात्तिक, गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण गर्ने भएको छ ।
कार्यालयले आज सूचना जारी गर्दै गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका आठ जना जिल्लावासीलाई परिचयपत्र वितरण गर्ने जनाएको हो ।
घाइतेलाई स्वास्थ्य तथा जनसङख्या मन्त्रालयबाट प्राप्त भैपरी खर्चबापतको जनही २० हजारसमेत वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।
जेनजी आन्दोलनका क्रममा गोरखाका सन्तोष गुरुङ, सुजित थापा, रोशन रेग्मी, अर्जुन भट्ट, सन्जिता गुरुङ, धु्रव परियार, कुमार अधिकारी र दिवसबाबु श्रेष्ठ घाइते भएका थिए
‘सरकारले आन्दोलनका क्रममा घाइते भएकाहरूलाई पछि नीति बनाएर सेवासुविधा दिनसक्छ भनेर अहिले घाइते परिचयपत्र वितरण गर्न लागेका हौँ,’ सहायक प्रजिअ बरालले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4