+
+
Shares

रौतहटको बरहवा नदीमा युवकको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते १२:२८

२४ कात्तिक, रौतहट । रौतहटको गौर नगरपालिकामा आज बिहान एक युवकको शव फेला परेको छ ।

गौर नगरपालिका-५ मा रहेको बरहवा नदीमा डुबेको अवस्थामा २० वर्षीय युवकको शव फेला परेको हो ।

मृतक युवकको साथमा रहेको सवारी चालक अनुमति पत्रको आधारमा उनी रौतहटको चन्द्रपुर नगरपालिका-६ का सुनिलकुमार कहार रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

चन्द्रपुरबाट शनिवार देखी बेपता रहेका कहार कसरी गौरको बरहवा नदीमा पुगे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मृतकको शव प्रादेशिक अस्पताल गौरमा राखिएको र उनका आफन्तजनहरु सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदिप बस्यालले बताए ।

पोस्टमार्टम रिपोर्टपछि मात्रै घटनाका बारेमा थप कुराहरु खुल्ने डीएसपी बस्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?