+
+
Shares

एमालेका युवा फेसबुकमा होइनन्, घर घरमा छन् : ओली

ओलीको दाबी छ, ‘युवा छैन एमालेसँग भन्छन् नि, अनि को सँग छन् त युवा ? फेसबुकको युवा होइन, घर घरको युवा नेकपा एमालेसँग छ । फेसबुकमा हेर्ने हो भने केही पनि छैन एमालेसँग । रित्तै भइसक्यो एमालेसँग ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते १७:५१

२४ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा युवाहरूको सबैभन्दा ठूलो पंक्ति भएको दाबी गरेका छन् ।

सोमबार राष्ट्रिय सभा गृहमा आयोजित घर फर्क अभियानको राष्ट्रिय घोषणा सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनको दाबी अनुसार, एमाले फेसबुकमा रित्तो भएको तर घर घरमा रहेको जिकिर गरे ।

‘नेकपा एमालेको एउटा तिरतिरे खोल्सो होइन । यो एउटा महासागर जस्तो संगठन हो । यसमा युवाहरूको सबैभन्दा ठूलो पंक्ति छ,’ ओलीको दाबी छ, ‘युवा छैन एमालेसँग भन्छन् नि, अनि को सँग छन् त युवा ? फेसबुकको युवा होइन, घर घरको युवा नेकपा एमालेसँग छ । फेसबुकमा हेर्ने हो भने केही पनि छैन एमालेसँग । रित्तै भइसक्यो एमालेसँग ।’

उनले आफूहरूमा कुनै संकिर्णता नभएको जिकिर गरे भने राष्ट्र निर्माणको महा अभियानमा जुटेको जिकिर गरे ।

‘हामीमा कुनै संकीर्णता छैन । हुन सक्दैन । हामी राष्ट्र निर्माणको महाअभियानमा जुटेका छौं । अहिले घर फर्क अभियान, राष्ट्रिय शक्ति निर्माण अभियान, नेकपा एमालेमा सामेल हुने अभियानको निष्कर्ष के हो भने नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिमा परिणत गरौं । यसले देशलाई सही दिशामा अघि बढाउँछ,’ ओलीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?