+
+
Shares

मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस

सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्र लाभलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो । 

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते १८:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

२४ कात्तिक, काठमाडौं। सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ ‘कर्ण’को नाम सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुरेन्द्र लाभलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

उनी अर्थशास्त्रको प्राध्यापक हुन्। त्रिभुवन विश्वविद्यालय अन्तर्गत जनकपुरमा २०३६ सालदेखि २०७२ सालसम्म अध्यापन गराए ।

त्यसपछि राष्ट्रिय योजना आयोगमा सन् २०२२-२३ सम्म सदस्यको रुपमा काम गरे।

मैथली साहित्यमा निरन्तर कलम चलाउँदै आएका उनको नेपाली तथा हिन्दी साहित्यमा पनि थुप्रै लेखरचना प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?