+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
0/0
Shares

सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते ११:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सानिमा बैंकले पवनकुमार आचार्यलाई माघ १२ गतेदेखि लागु हुनेगरी चार वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ।
  • आचार्य हाल सानिमा बैंककै डेपुटी सीईओ हुन् र सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गते सकिँदैछ।

२५ कात्तिक, काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार आचार्य नियुक्त भएका छन् ।

सोमबार साँझ बसेको सञ्चालक समिति बैडकले आचार्यलाई माघ १२ गतेदेखि लागु हुनेगरी ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो ।

आचार्य हाल सानिमा बैंककै डेपुटी सीईओ हुन् । हालका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ देखि सकिँदैछ ।

आचार्यले २०६० सालमा बैंक स्थापनादेखि नै कार्यरत रही बैंकिङ क्षेत्रमा २१ वर्ष लामोे अनुभव संगालेका छन् । यसअघि पनि बैंकका दश विभागमा उनले विभागीय प्रमुखका रुपमा अनुभव बटुलेका छन् ।

कर्जा मुल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना लगानीमा विज्ञ रहेका उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटल सञ्चालक समितिमा अध्यक्षका रुपमा कार्यरत छन् ।

आचार्यले अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर हासिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?