+
+
Shares

‘सुम्निमा’ मा मोडल सोल गुरुङको इन्ट्री, उपासना ठकुरी बाहिरिइन्

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १४:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक मिलन चाम्सको आगामी लभस्टोरी ड्रामा 'सुम्निमा' अहिले छायांकनमा छ र यसको पहिलो चरण लन्डनमा सम्पन्न भएको छ।
  • निर्माताले उपासनासिंह ठकुरीको ठाउँमा नेपाली मोडल सोल गुरुङलाई शीर्ष भूमिकामा कास्ट गरेको र गुरुङले फिल्मबाट कथानकमा डेब्यू गर्ने बताइएको छ।
  • फिल्मलाई अन्तर्राष्ट्रिय बजार लक्षित गरी निर्माण गरिने र बाँकी छायांकन नेपालमा हुने निर्देशक चाम्सले उल्लेख गर्नुभएको छ।

काठमाडौँ । निर्देशक मिलन चाम्सको आगामी लभस्टोरी ड्रामा ‘सुम्निमा’ अहिले छायांकनमा छ । केही समयअघि यसको छायांकन बेलायतको लन्डनमा गरिएको छ ।

यतिबेला भने यो फिल्मको शीर्ष अभिनेत्री हेरफेरको खबर छ । सुरुमा, निर्माताले उपासनासिंह ठकुरीलाई शीर्ष भूमिकाको लागि कास्ट गरेका थिए । सिंहले भने प्रोजेक्ट छाडेको खबर छ ।

उनको ठाउँमा लन्डनमा बसोबास गर्दै आएकी नेपाली मोडल सोल गुरुङको प्रवेश भएको छ । निर्माताले मंगलबार विज्ञप्तिमार्फत गुरुङलाई सुम्मिनाको रोलमा देख्न पाइने जनाएका छन् ।

केही म्युजिक भिडियोमा अभिनय गरेकी गुरुङले फिल्मको लण्डन छायांकनमा सहभागिता जनाएको बुझिएको छ । लन्डनमा पहिलो चरणको छायांकन सकेर टिम अहिले स्वदेश फर्किएको छ ।

गुरुङले यस फिल्मबाट कथानक फिल्ममा डेब्यू गर्दैछिन् । गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने यो फिल्म प्रेमकथामा आधारित हुने जनाइएको छ ।

फिल्ममा गुरुङसहित कुन्साङ बमजन, अनुपविक्रम शाही, धिरेन शाक्य, माओत्से गुरुङ, सुरज तमु, आकाश सुनुवार, सलिना थापा, सुस्मा सुब्बा प्रमुख भूमिकामा देखिने भएका छन् ।

फिल्मलाई अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी निर्माण गरिने निर्देशक चाम्सले बताए । राजीव थापाको पटकथा लेखन रहेको फिल्मको बाँकी छायांकन नेपालमा हुने जनाइएको छ ।

निर्देशक चाम्सले यसअघि वीर विक्रम, लिलीबिली, ब्लाइन्ड रक्स, बबी, गोर्खा वारिअर, अञ्जिलाजस्ता भिन्न जनराका फिल्म निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?