+

विवेक यादवको स्थानमा सुमित महर्जनले लुम्बिनीबाट एनपीएल खेल्ने

२०८२ कात्तिक  २५ गते १४:२१ २०८२ कात्तिक २५ गते १४:२१
विवेक यादवको स्थानमा सुमित महर्जनले लुम्बिनीबाट एनपीएल खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग दोस्रो सिजनका लागि विवेक यादवको स्थानमा सुमित महर्जनलाई समावेश गरेको छ।
  • विवेक यादव चोटको शल्यक्रियापछि आराम गरिरहेकोले दोस्रो सिजन खेल्ने छैनन् र उनको स्थानमा सुमित महर्जन टिममा आएका छन्।
  • लुम्बिनी लायन्सले आईपीएल विजेता रोबिन सिंहलाई मेन्टर र पूर्व भारतीय खेलाडी टिनु योहान्नानलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

२५ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि विवेक यादवको स्थानमा सुमित महर्जनलाई समावेश गरेको छ ।

पहिलो सिजन विवेक यादवले लुम्बिनी लायन्सबाट खेलेका थिए । उनीसँगै अन्य पाँच खेलाडीलाई दोस्रो संस्करणको एनपीएलका लगि रिटेन गरिएको थियो ।

तर विवेक हाल चोटको शल्यक्रियापछि आराम गरिरहेकोले उनले दोस्रो सिजन खेल्ने छैनन् । उनको स्थानमा सुमित महर्जनलाई टिममा समावेश गरिएको हो । सुमितले गत सिजन काठमान्डु गोर्खाजबाट खेलेका थिए।

एनपीएलको टेक्निकल कमिटीले यस प्रतिस्थापन स्वीकृत गरिसकेको छ । विवेक यादवलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै लुम्बिनीले चाँडै फिट भएर मैदानमा हेर्न पाइने विश्वास व्यक्त गरेको छ।

नेपालको उमेर समूहबाट खेलिसकेका र घरेलु क्रिकेटमा अनुभव बटुलिसकेका सुमित महर्जनको आगमनले टिमलाई सहयोग पुग्ने विश्वास लुम्बिनीले राखेको छ ।

लुम्बिनी लायन्सले दोस्रो सिजनका लागि आईपीएल विजेता प्रशिक्षक रोबिन सिंहलाई मेन्टर तथा भारतीय क्रिकेट टिमका पूर्व खेलाडी टिनु योहान्नानलाई अनुबन्ध गरेको छ ।

लुम्बिनी लायन्स टिम

रोहित कुमार पौडेल, सन्दिप जोरा, सुमित महर्जन, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक भण्डारी, दुर्गेश गुप्ता, दिलिप नाथ, शेर मल्ल, आदिल खान, विशाल पटेल
विदेशी खेलाडी : डार्शी सर्ट, थोमस ड्राका, गुल्बादिन नइब
मेन्टर : रोबिन सिंह
मुख्य प्रशिक्षक : टिनु योहान्नान
कन्सलट्यान्ट प्रशिक्षक : शक्ति गौचन
सहायक प्रशिक्षक : सुवास खकुरेल

विवेक यादव सुमित महर्जन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय