+

चैतमा ए डिभिजन लिग फुटबल आयोजनाको लागि तयारी गर्ने सहमति

२०८२ कात्तिक  २५ गते १६:५१ २०८२ कात्तिक २५ गते १६:५१
चैतमा ए डिभिजन लिग फुटबल आयोजनाको लागि तयारी गर्ने सहमति

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा एन्फा, ए डिभिजन क्लब र खेलाडी संघबीच चैतमा शहीद स्मारक ए डिभिजन लिग फुटबल आयोजना गर्ने सहमति भएको छ।
  • बैठकमा आजको मितिबाट १२० दिन भित्र लिग सुरु गर्ने निर्णय भएको छ।
  • खेलाडी संघले आन्दोलनपछि मन्त्रालयले तीन पक्षलाई बोलाएर ए डिभिजन लिग गर्न सहजीकरण गरेको हो।

२५ कात्तिक, काठमाडौं । आगामी चैतमा शहीद स्मारक ए डिभिजन लिग फुटबल आयोजना गर्नका लागि तयारी गर्ने सहमति भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको आयोजनमा मंगलबार एन्फा पदाधिकारी, ए डिभिजन क्लब प्रतिनिधि र फुटबल खेलाडी संघबीच भएको बैठकपछि शहीद स्मारक लिग यसै वर्ष सुरु गर्न तयारी गर्ने सहमति भएको हो ।

बैठकमा बताइएअनुसार आजको मितिबाट १२० दिन भित्र लिग सुरु गर्ने सहमति भएको हो ।

यसअघि एन्फा र ए डिभिजन क्लबबीच यस वर्ष राष्ट्रिय लिग गर्ने र ए डिभिजन लिग अर्को वर्ष सहमति भएपछि खेलाडी संघले आन्दोलन सुरु गरेको थियो ।

त्यसपछि खेलकुद मन्त्रालयले एन्फा पदाधिकारी, क्लब र खेलाडी संघलाई बोलाएर छलफल ए डिभिजन लिग नै गर्नका लागि सहजीकरण गरेको हो ।

ए डिभिजन लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय