News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस केन्द्रीय सदस्य सीता गुरुङले प्रतिनिधिसभा निर्वाचनपछि मात्र पार्टीको महाधिवेशन गर्नुपर्ने बताएकी छन्।
- गुरुङले कांग्रेसमा राजनीतिक हस्तक्षेप भएको र विधान संशोधन गरेर जेन–जीका मागहरू सम्बोधन गर्नुपर्ने उल्लेख गरिन्।
- सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उनले चुनावपछि महाधिवेशनमा जानुपर्ने धारणा राखिन्।
२५ कात्तिक, काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय सदस्य सीता गुरुङले आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनपछि मात्र पार्टीको महाधिवेशन गर्नुपर्ने बताएकी छन्।
सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार धारणा राख्दै उनले पार्टी निर्वाचनमा जाने भए महाधिवेशन पछि गर्नुपर्ने बताएकी हुन्।
‘चुनावमा जाने हो भने चुनावपछाडि महाधिवेशन गर्नुपर्छ,’ केन्द्रीय सदस्य गुरूङको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘कृष्ण सिटौला दाइको प्रस्ताव ठीक छ। चुनावपछि एकताका साथ महाधिवेशनमा जानुपर्छ।’
पूर्वमन्त्री गुरूङले कांग्रेसमा राजनीतिक हस्तक्षेप भएको पनि बताइन्। उनले पार्टीको विधान संशोधन गरेर जेन–जीका मागहरू सम्बोधन गरिनुपर्नेमा पनि जोड दिइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4