News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल वायुसेवा निगमले २५ कात्तिकदेखि करार सेवा र मासिक ज्यालादारीमा काम गरिरहेका ६ कर्मचारीको सेवा अवधि अन्त्य गरेको छ।
- नेवानि प्रवक्ता अनिल घिमिरेले आन्तरिक स्टेसनको उडान संख्या अनुसार कर्मचारी कटौती गर्ने नीति रहेको जानकारी दिए।
- नेवानिले उडान सञ्चालनमा नरहेका र सञ्चालन भएका आन्तरिक स्टेसनलाई मध्यनजर गरी कर्मचारी कटौती गर्ने योजना बनाएको छ।
२५ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले ज्यालादारीमा काम गरिरहेका ६ जना कर्मचारी कटौती गरेको छ ।
अहिले करार सेवा र मासिक ज्यालादारीमा काम गरिरहेका ६ कर्मचारीको करार सेवा तथा मासिक ज्यालादारी अवधि आजको मितिबाट लागु हुने गरी अन्त्य गरिएको नेवानि प्रवक्ता अनिल घिमिरेले जानकारी दिए ।
नेवानिले सञ्चालन गर्दै आएका आन्तरिक स्टेसनमध्ये हाल उडान सञ्चालनमा नरहेका आन्तरिक स्टेसन तथा उडान सञ्चालन रहेका आन्तरिक स्टेसनबाट हुने उडान संख्या मध्यनजर गरी कर्मचारी कटौती गर्दै लैजाने नीति रहेको समेत उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4