+

विराटनगर किङ्सको अपेरल पार्टरनमा डोल्पो

२०८२ कात्तिक  २५ गते २१:३३ २०८२ कात्तिक २५ गते २१:३३
विराटनगर किङ्सको अपेरल पार्टरनमा डोल्पो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि विराटनगर किंग्स र डोल्पो एपेरलबीच सहकार्य भएको छ।
  • डोल्पोले विराटनगर किंग्सलाई पर्फर्मेन्स गियर प्रदान गर्नेछ जसले कोशी प्रदेशको गौरव प्रतिबिम्बित गर्नेछ।
  • विराटनगर किंग्सले फाफ डु प्लेसीलाई अनुबन्धन गरी बलियो स्क्वायडका साथ उच्चस्तरमा प्रतिस्पर्धा गर्ने योजना बनाएको छ।

२५ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टोली विराटनगर किंग्स र लोकप्रिय नेपाली एपेरल ब्रान्ड ‘डोल्पो’ बीच सहकार्य भएको छ ।

एनपीएलको दोस्रो सिजनका लागि डोल्पो अफिसियल अपेरल पार्टनरको रुपमा डोल्पो विराटनगर किंग्ससँग जोडिएको हो ।

यो साझेदारीमार्फ गुणस्तर, समर्पण र स्थानीय प्रतिभाप्रति साझा विश्वास राख्ने दुई नेपाली ब्रान्डहरू एक साथ आएका विराटनगरले जनाएको छ ।

डोल्पो आफ्नो उत्कृष्ट डिजाइन, उच्च गुणस्तरीय र पर्फर्मेन्सका लागि उपयुक्त हुने एपेरलका लागि परिचित छ ।

विराटनगर किंग्ससँग सहकार्य गर्दै डोल्पोले टिमलाई क्रिकेट फिल्डमा उत्कृष्ट प्रदर्शन गर्न सहयोग गर्ने पर्फर्मेन्स गियर प्रदान गर्नेछ । जसले कोशी प्रदेशको गौरवलाई समेत प्रतिबिम्बित गर्नेछ । प्रत्येक जर्सी, ट्रेनिङ किट र अन्य एपेरलहरूले नेपाली उत्कृष्टताको भावना बोक्नेछन् ।

‘हामी हाम्रो आफ्नो टिमलाई समर्थन गर्न पाउँदा गर्व गर्छौं । ‘विराटनगर किंग्ससँगको साझेदारी मार्फत् हामी नेपाली प्रतिभालाई सघाउन र घरेलु खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउन चाहन्छौँ,’ डोल्पोका प्रवक्ताले भने, यो केवल एपेरलको सहयोग मात्र होइन, यो त घरेलू उत्पादन र खेलकुदप्रतिको गौरव पनि हो ।’

कोशी प्रदेशको प्रतिनिधित्व गर्ने टिम विराटनगर किंग्सले नेपाल प्रिमियर लिगमा बलियो उपस्थिति जनाउने विश्वास राखेको छ ।

विराटनगरले एनपीएल दोस्रो संस्करणका लागि अन्तर्राष्ट्रिय क्रिकेट स्टार फाफ डु प्लेसीलाई अनुबन्धन गर्दै बलियो स्क्वायडका साथ उच्चस्तरमा प्रतिस्पर्धा गर्ने संकेत दिएको छ ।

डोल्पोको समर्थन पाएसँगै अब खेलाडीहरूले प्रत्येक खेलमा आत्मविश्वासका साथ गौरवशाली प्रदर्शन दिने विराटनगरको विश्वास राखेको छ ।

डोल्पो र विराटनगर किंग्सबीचको सहकार्य स्थानीय उत्पादन, उत्साह र प्रतिभाको उत्सवको रुपमा रहेको र नेपाली ब्रान्ड र खेलकुद टिमहरू एक साथ आएको खण्डमा देशका लागि साँच्चिकै केहि प्रेरणादायी कार्य गर्न सक्छन् भन्ने उदाहरणको रूपमा यस सहकार्यलाई लिन सकिने विराटनगरले जनाएको छ ।

विराटनगर किङ्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय