+
+
Shares

विद्युत प्रसारण आयोजनाका लागि शंखरापुरमा जग्गा अधिग्रहणको काम सुरू

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते ९:५०

२६ कात्तिक, काठमाडौं । सरकारले मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) द्वारा सञ्चालित ४०० के.भी. विद्युत प्रसारण आयोजनाका लागि काठमाडौंको शंखरापुर नगरपालिकामा जग्गा अधिग्रहण गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै आयोजना अन्तर्गत रातमाटे सबस्टेशनदेखि लप्सीफेदी सबस्टेशन खण्डमा पर्ने शंकरापुर नगरपालिकाको १ र २ नम्बर वडामा जग्गा अधिग्रहण गरिने जनाएको छ ।

सूचना अनुसार वडानम्बर १ अन्तर्गत पर्ने साविकको नाङ्गलेभार गाविसका ६ र ७ नम्बर वडा तथा साविकको लप्सीफेदी गाविसको ४ र ७ नम्बर वडामा पर्ने जग्गा अधिग्रहण हुने छ ।

यस्तै शंखरापुर नगरपालिकाको नम्बर २ अन्तर्गत पर्ने साविकको गाविस नाङ्गलेभारका ८ र ९ नम्बर वडामा आयोजनाका लागि जग्गा अधिग्रहण हुने सूचनामा उल्लेख छ ।

सूचनामा जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ को उपदफा १ को प्रयोजन र जग्गाको स्वामित्व फरक पर्न गएमा सो समेतको दाबीका लागि सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र सरोकारवाला व्यत्तिले मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न आ-आफ्नो हकदैया वा भोगचलनसम्बन्धी निस्सा प्रमाणसहित रितपूर्वक जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?