+
+
Shares

टर्कीको सैन्य विमान अजरबैजानको सीमा नजिक दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते ९:५१

२६ कात्तिक, काठमाडौं । टर्कीको एउटा सैनिक मालवाहक विमान अजरबैजानको सिमाना नजिक दुर्घटना भएको छ । सो विमानमा २० जना सवार थिए । उनीहरुको अवस्था पुष्टि भइसकेको छैन । तर टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआन र जर्जिया तथा अजरबैजानका उच्च अधिकारीहरूले विमानमा सवार केही व्यक्तिको मृत्यु भएको आशंका व्यक्त गरेका छन्, तर विस्तृत जानकारी दिएका छैनन् ।

टर्कीका समाचार माध्यमहरूले प्रसारण गरेको भिडियो फुटेजमा विमान घुम्दै तल झर्दै गरेको र सेतो धुवाँ उडेको देखिन्छ ।

टर्कीको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् दिएको जानकारी अनुसार, सी–१३० विमान अजरबैजानबाट टर्की फर्किंदै गर्दा मंगलबार दुर्घटनाग्रस्त भएको थियो ।

मन्त्रालयका अनुसार, विमानमा चालक दलसहित २० जना सैनिक थिए । टर्कीका गृहमन्त्री अली येरलिकायाका भनाइअनुसार, जर्जियाली अधिकारीहरू बेलुकी करिब ५ बजे दुर्घटनास्थलमा पुगेका थिए र खोज तथा उद्धार कार्य जारी रहेको छ ।

जर्जियाको गृह मन्त्रालयले विमान अजरबैजान सीमासँग नजिकै रहेको सिघनाघी नगरपालिका क्षेत्रमा खसेको र घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

टर्कीको सरकारी समाचार एजेन्सी आनादोलुले उद्धृत गरेको जर्जियाली विमान प्राधिकरणको भनाइअनुसार, विमान जर्जियाको हवाई क्षेत्रमा प्रवेश गरेको केही मिनेटमै सम्पर्क विच्छेद भएको थियो । विमानबाट आपतकालीन सन्देश भने प्राप्त भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?