+
+
Shares

गुल्मीको मदानेमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते ११:१८

२६ कात्तिक, गुल्मी । गुल्मी जिल्लाको मदाने गाउँपालिका-४ म्यालपोखरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार राति बिपीचोकबाट पुर्कोटदहतर्फ जाँदै गरेको लु ३ त ७७३८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

ट्याक्टर चालक मदाने-४ काभ्रा बस्ने २२ वर्षीय सुशील कुँवरको उक्त ट्याक्टरमा सवारमध्ये सोही गाउँका २४ वर्षीय अनिल कुँवर खस्दा टाउकोमा गम्भीर चोट लागी अचेत अवस्थामा भेटिएका थिए ।

घाइते अवस्थामै उनलाई उद्धार गरी जिल्ला अस्पताल तम्घास पुर्‍याइएको भए पनि उपचारकै क्रममा राति चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

ट्याक्टरमा सवार अर्का २२ वर्षीय आशिष कुँवर र चालक सुशील कुँवरलाई इलाका प्रहरी कार्यालय पुर्कोटदहले नियन्त्रणमा लिएको जनाएको छ । मृतकको शव जिल्ला अस्पताल तम्घासमै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पुर्कोटदह, गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?