+
+
Shares

कोशी प्रदेश सभा सचिवालय तरकारी बजारमा सर्‍यो

जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा प्रदेश सभा र सचिवालय ध्वस्त भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १७:३३

२६ कात्तिक, विराटनगर । विराटनगरको तरकारी बजार ‘गुद्री’ का व्यापारीलाई सार्न निर्माण गरिएको कटहरी फलफूल तथा कृषि थोक बजारमा कोशी प्रदेश सभा र प्रदेशसभा सचिवालयलाई सारिएको छ ।

बुधबार प्रदेश सभा सचिवालय सरेकाे  हाे । बुधबार नवनियुक्त प्रदेशसभा सचिव सुदर्शन खड्काकाे शपथ ग्रहण पनि कृषि बजारमै भएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३ चैत २०७५ मा उद्‌घाटन गरेको तरकारी बजारको संरचना गुद्रीका व्यापारी जान नमानेपछि प्रयोगविहीन थियो ।

जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा प्रदेश सभा र सचिवालय ध्वस्त भएको थियो ।

सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विराटनगरसँगै जोडिएको कटहरी गाउँपालिका–१ मा रहेको कृषि बजारको भवन र संरचनामा अस्थायी रूपमा प्रदेश सभा सञ्चालनका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् निर्णयपछि सचिवालय सरेकाे हाे ।

तरकारी बजारकाे भवनमा प्रदेशसभा भवन र संसदीय समिति र दलकाे कार्यालय निर्माण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?