+
+
Shares

निगमको ‘ग्राउन्डेड’ ट्विनअटर बन्यो, अब आन्तरिक उडानमा दुई जहाज

यो जहाजको इन्जिन मर्मत र वार्षिक जाँच सम्पन्न गरी पुन: सञ्चालनमा ल्याइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल वायुसेवा निगमले ट्विनअटर डीएचसी–६ जहाजको इन्जिन मर्मत गरी २४ कात्तिकमा सफल परीक्षण उडान गरेको छ।
  • निगमले उक्त जहाजलाई सोमबारदेखि आन्तरिक व्यावसायिक उडानमा पुनः सञ्चालनमा ल्याएको छ।
  • अब निगमसँग आन्तरिक उडानका लागि दुई जहाज र अन्तर्राष्ट्रिय उडानका लागि चार जहाज उपलब्ध छन्।

२६ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगमले अब ट्विनअटर जहाजबाट आन्तरिक उडानलाई निरन्तरता दिने भएको छ ।

यसअघि दुई महिनादेखि ‘ग्राउन्डेड’ ट्विनअटर डीएचसी–६ मर्मत गरी २४ कात्तिकमा सफलतापूर्वक परीक्षण उडान गरिएको निगमले जनाएको छ ।

दर्ता नम्बर ‘९एन–एबीटी’ रहेको यो जहाजको इन्जिन मर्मत र वार्षिक जाँच सम्पन्न गरी पुन: सञ्चालनमा ल्याइएको हो । निगमले यो जहाज सोमबारदेखि  व्यावसायिक सञ्चालनमा ल्याएको छ ।

निगमसँग अब दुई जहाज आन्तरिक उडानमा हुने छन् । निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानमा भने चार जहाज छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?