+
+
Shares

विद्यार्थीलाई मानवढाल बनाएर हिंसा मच्चाइयो: प्रदीप ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १५:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले २३ भदौमा निर्दोष विद्यार्थीहरूलाई मानवढाल बनाएर मुलुकमा हिंसा मच्चाइएको बताएका छन्।
  • ज्ञवालीले शान्तिपूर्ण प्रदर्शनमा निस्किएका विद्यार्थीलाई संसद् भवन भत्काउन र सुरक्षा पोष्ट कब्जा गर्न उक्साइएको दावी गरे।
  • उपमहासचिव ज्ञवालीले संसद् भवनतिर हुल्ने कामपछि एउटा दु:खान्त घटना घटेको उल्लेख गरे।

२७ कात्तिक, काठमाडौं। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले २३ भदौमा निर्दोष विद्यार्थीहरूलाई मानवढाल बनाएर मुलुकमा हिंसा मच्चाइएको बताएका छन्।

दाङमा बिहीबार आयोजित एमालेको लुम्बिनी प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्दै ज्ञवालीले शान्तिपूर्ण प्रदर्शनमा निस्किएका विद्यार्थीलाई मानवढाल बनाइएको बताएका हुन्।

‘आज हाम्रो प्रश्न छ, को थिए ती घुसपैठियाहरू जसले भर्खर क्याम्पस पढ्दै गरेका विद्यार्थीहरूलाई मानवढालजस्तो बनाएर संसद् भवन भत्काउनका लागि उत्प्रेरित गरे,’ उनले भने, ‘विद्यार्थीहरूको भावना पवित्र थियो। एउटा रुखको हाँगा पनि भाँच्दैनौं, फूलका बेर्ना पनि मास्दैनौं, दुवो पनि मिच्दैनौं भनेर उनीहरूले शान्तिपूर्ण प्रदर्शनको आयोजना गरेका थिए।’

उपमहासचिव ज्ञवालीले विद्यार्थीहरूलाई संसद् भवनका पर्खाल भत्काउन र सुरक्षा पोष्ट कब्जा गर्न उक्साइएको दावी गरे।

‘गंैची र बेल्चा लगेर संसद भवनका पर्खाल भत्काउन, सुरक्षा पोष्ट कब्जा गर्न उक्साउने र संसद भवनतिर हुल्ने जुन काम भयो, त्यसपछि एउटा दु:खान्त घटना घट्यो,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?