News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले यूएईमा नक्कली कलेजमा नेपाली विद्यार्थी पठाइएको उजुरी आएको र अनुसन्धान भइरहेको बताएका छन्।
- नेपालका केही कन्सल्टेन्सीहरूले यूएईको फ्री जोनमा इन्सटिच्युट दर्ता गरी विद्यार्थीहरू नक्कली कलेजमा पठाइरहेको उजुरी आएको छ।
- परराष्ट्र मन्त्रालयले यूएईमा विद्यार्थीहरूले दु:ख पाइरहेको जानकारी दिएको र गहन छानबिन भइरहेको मन्त्री पुनले उल्लेख गरे।
२७ कात्तिक, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा नक्कली कलेजमा नेपाली विद्यार्थी पठाएकोबारे सरकारले अनुसन्धान थालेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले कन्सल्टेन्सीहरूले नक्कली कलेजमा विद्यार्थी पठाएको उजुरी आएको र थप अनुसन्धान भइरहेको बताए ।
‘यूएईमा पढ्न जाने विद्यार्थीहरु सावधान – नेपालका केहि कन्सल्टेन्सीहरुले यूएईको फ्री जोनमा इन्सटिच्युट दर्ता गरी नेपालबाट विभिन्न नक्कली कलेज पढ्न बिद्यार्थीहरु दिन दिनै पठाई रहेको कुराको उजुरी आएको छ । त्यस्ता विद्यार्थीहरूले यूएईमा दु:ख पाइरहेको कुराको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ । सो कुराको गहन छानबिन हुँदैछ । कोहि पनि नफस्नुहोला,’ मन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4