News Summary
Generated by OK AI. Editorially reviewed.- फेदीखोला हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा १७ करोड ६० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ।
- कम्पनीले जारी पूँजीको २२ प्रतिशत सेयर प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणमा जारी गर्नेछ।
- फेदीखोलामा निर्माण भइरहेको ४.३ मेगावाट जलविद्युत आयोजनाको करिब ८५ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ र माघ भित्र सम्पन्न गर्ने लक्ष्य छ।
२७ कात्तिक, काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा १७ करोड ६० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । उक्त साधारण सेयर निष्कासन गर्ने सम्बन्धी कार्यको लागि कम्पनीले एनएमबी क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
अधिकृत तथा जारी पूँजी ८० करोड रुपैयाँ रहेको उक्त हाइड्रोपावरले जारी पूँजीको २२ प्रतिशत अर्थात् १७ करोड ६० लाख बराबरको सेयर सर्वसाधारण समूहमा जारी गर्नेछ । अंकित मूल्य १ सयका दरले सो संख्याको सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष योजना, कम्पनीमा कार्यरत कर्मचारी तथा सर्वसाधारणमा तोकिए अनुरुप जारी गर्ने कम्पनीले जनाएको छ ।
२०८२ कात्तिक २६ गते सम्पन्न भएको निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा फेदीखोला हाइड्रोपावर कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलाल तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरे ।
भोजपुर जिल्लाको सापाल्पासिलिछो गाउँपालीका वडा नं. ६ मा बहने फेदी (थुमलुङ्ग) खोलामा निर्माण भैरहेको ४.३ फेदी (थुमलुङ्ग) जलविद्युत आयोजनाको कुल लागत करिब ९४ करोड रहेको छ ।
हालसम्म करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको यस आयोजनना २०८२ माघ भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको र नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया पूरा गरी यथासम्भव छिटो ल्याइने प्रबन्ध सञ्चालक दुलालले बताए ।
प्रतिक्रिया 4