+
+
Shares

जेनजी आन्दोलनमा भएको भौतिक क्षति मूल्यांकन गर्न तथ्यांक संकलन अन्तिम चरणमा

योजना आयोगले बुधबार सूचना प्रकाशित गर्दै अबको ३ दिनभित्र बाँकी तथ्यांक प्रविष्ट गरिसक्न सरोकारवालालाई अनुरोध गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय योजना आयोगले २३ र २४ भदौको जेनजी आन्दोलनमा भएको भौतिक क्षति मूल्यांकनका लागि तथ्यांक संकलनको काम अन्तिम चरणमा पुगेको बताएको छ।
  • आयोगले सार्वजनिक सम्पत्ति, भौतिक संरचना र निजी प्रतिष्ठानको क्षति तथ्यांक तीन दिनभित्र प्रविष्ट गर्न सरोकारवालालाई अनुरोध गरेको छ।
  • क्षति मूल्यांकन र पुनर्निर्माण योजना तयारीको लागि अनलाइन पोर्टल तयार पारिएको छ जसमा स्थानीय तह, प्रदेश र संघीय निकायले क्षति विवरण प्रविष्ट गर्न सक्छन्।

२७ कात्तिक, काठमाडौं । २३ र २४ भदौको जेनजी आन्दोलन क्रममा  भएको भौतिक क्षति मूल्यांकनका लागि तथ्यांक संकलनको काम अन्तिम चरणमा पुगेको छ ।

राष्ट्रिय योजना आयोगका अनुसार सार्वजनिक सम्पत्ति, भौतिक संरचना र निजी प्रतिष्ठानको क्षति मूल्यांकनका लागि आवश्यक तथ्यांक संकलनको काम अहिले अन्तिम चरणमा पुगेको हो ।

आयोगले बुधबार सूचना प्रकाशित गर्दै अबको ३ दिनभित्र बाँकी तथ्यांक प्रविष्ट गरिसक्न सरोकारवालालाई अनुरोध गरेको छ । आयोगले क्षति मूल्यांकन र पुनर्निर्माण योजना तयारीको काम गरिरहेको छ । ५ असोजको मन्त्रिपरिषद् बैठकले यो प्रयोजनका लागि समिति गठन गरेको थियो ।

तथ्यांक संकलनमा एकरूपता र सहजताका लागि समितिले अनलाइन पोर्टल तयार पारेको छ । जसमा स्थानीय तहले स्थानीय तह मातहत कार्यालय, निजी प्रतिष्ठान र सामुदायिक तथा व्यक्तिगत सम्पत्तिमा भएको क्षति तथ्यांक प्रविष्ट गर्न सक्ने सुविधा दिइएको छ ।

त्यही काम प्रदेशले आफ्नो मातहत कार्यालयका हकमा गर्न सक्छन् । संघीय मन्त्रालय, आयोग र सचिवालयले भने आफूमातहत विभाग, कार्यालय र सार्वजनिक संस्थानको क्षति संकलन गरी प्रविष्ट गर्न सक्ने गरी प्रणाली विकास गरेको छ ।

आयोगका अनुसार अहिलेसम्म धेरैजसो निकायले यस्तो क्षतिको विवरण पठाइसकेका छन् । अबको ३ दिन छुट भएका विवरण संकलन गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?