News Summary
Generated by OK AI. Editorially reviewed.- पोल्याण्डका १२ विदेशी पर्यटकलाई मोटरसाइकल राइडसहितको नेपाल भ्रमण सहजीकरण गर्ने प्रलोभन देखाएर ४० वर्षीय विशु सिंजालीले ठगी गरेको आरोपमा पक्राउ परेका छन्।
- सिंजालीले फेसबुक म्यासेन्जरबाट सम्पूर्ण प्याकेजसहित सेवा दिने भन्दै ७ दिनभित्र ३० प्रतिशत भुक्तानी लिएर सम्पर्कविहीन भएका थिए।
- प्रहरीले रोल्पाबाट २६ कात्तिकमा पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ५ दिनको अनुसन्धान म्याद लिएको छ।
२८ कात्तिक, काठमाडौं । विदेशी पर्यटकलाई यात्रामा सहजीकरण गर्ने प्रलोभन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
पोल्याण्डका नागरिकलाई नेपाल भ्रमणमा मोटरसाइकल राइडको व्यवस्था गर्ने प्रलोभन देखाएर ठगी गरेको अभियोगमा सुर्खेतको बराहताल गाउँपालिका–३ का ४० वर्षीय विशु सिंजालीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।
सिंजालीले आफ्नो कम्पनी अल्टिट्युड राईडर्स प्रालिले नेपाल भ्रमणका क्रममा मोटरसाइकल राइडसहित खाना, बस्न र अन्य प्रयोजनमा सहजीकरण गरिदिने भन्दै पोल्याण्डका १२ जनालाई ठगी गरेको उजुुरी परेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।
उनले फेसबुक म्यासेन्जरबाट कुराकानी गरी सम्पूर्ण प्याकेजसहितको सेवा दिने प्रलोभन देखाएर सम्झौता भएको ७ दिनभित्र ३० प्रतिशत भूक्तानी लिएर सम्पर्कविहीन भएको पोल्याण्डका नागरिकले उजुरी दिएको ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपक राज अवस्थीले जानकारी दिए ।
अनुसन्धानपछि २६ कात्तिकमा रोल्पाबाट पक्राउ परेका सिंजालीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंबाट ५ दिनको म्याद लिइएको शुक्रबार ब्यूरोले जानकारी दिएको छ ।
प्रतिक्रिया 4