+
+
Shares

जेन मलिक ‘वन डाइरेक्सन’ ब्याण्डमा फर्किन लागेको चर्चा के हो ?

‘द सन’ ले एक संगीत स्रोतलाई उद्धृत गर्दै भन्यो, ‘यो एउटा ठूलो क्षण हो । हृदयविदारक भए पनि, लियामको निधनले उनीहरूलाई एकसाथ ल्याएको छ, यो अझ दुःखद छ कि उनी सदस्य पुनर्मिलन हुने क्षणलाई सेलिब्रेसन गर्ने सबैभन्दा ठूला चियरलिडर हुने थिए ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक जेन मलिक वन डाइरेक्सनबाट बाहिरिएको एक दशकपछि पीपीएम म्युजिक लिमिटेडको सक्रिय निर्देशकको रूपमा पुनः नियुक्त भएका छन्।
  • नोभेम्बर ३ मा पेश गरिएका कागजातले जेनलाई कम्पनीभित्र महत्वपूर्ण नियन्त्रण भएको व्यक्तिको रूपमा चिनाएको छ।
  • लियाम पेनको निधनपछि ब्यान्डका सदस्यहरू सम्पर्कमा छन् र जेनको पुनरागमनलाई प्रशंसकहरूले पुनर्मिलनको संकेतको रूपमा हेरिरहेका छन्।

‘वन डाइरेक्सन’ ब्याण्डबाट बाहिरिएको एक दशक पछि, गायक जेन मलिक ब्यान्डमा पुनः सामेल भएको खबर छ, तर संगीत सिर्जनाको लागि भने होइन ।

हालै सार्वजनिक भएका केही महत्वपूर्ण प्रतिवेदनले ३२ वर्षीय ’पिलो टक’ गायकलाई फेरि एक पटक ब्याण्डको कम्पनी ‘पीपीएम म्युजिक लिमिटेड’ को सक्रिय निर्देशकको रूपमा नियुक्त गरिएको खुलासा गरेको छ ।

‘नोभेम्बर ३ मा पेश गरिएका कागजातले जेन मलिकलाई पीपीएम म्युजिक लिमिटेडको सक्रिय निर्देशकको रूपमा सूचीबद्ध गर्दछ’ प्रतिवेदनमा भनिएको छ । उक्त कम्पनी ’द एक्स फ्याक्टर’ मा वन डाइरेक्सनको उदयको समयमा स्थापित व्यावसायिक संस्था हो ।

सो प्रतिवेदनमा जेनलाई कम्पनीभित्र महत्वपूर्ण नियन्त्रण भएको व्यक्तिको रूपमा चिनाइएको छ, जसले कम्पनी भित्र उनको उल्लेखनीय प्रभाव रहेको संकेत गर्दछ ।

उनको पहिलेको निर्देशकीय कार्यकाल कम्पनीमा जुन २०, २०२६ मा समाप्त भयो । उक्त समाप्ती जुन २०१५ मा ब्याण्डबाट बहिगर्मन भएको एक वर्षपछि थियो ।

जेन अब ह्यारी स्टाइल्स, लुइस टमलिन्सन र नियाल होरानसँगै एक सह-निर्देशकको रूपमा देखा पर्नेछन् । ‘ द सन’ ले पहिलोपटक जेन मलिकबारेको यो समाचार प्रकाशमा ल्याएको थियो । खबर आएलगत्तै तुरुन्तै प्रशंसकमाझ अनुमान र उत्साह प्रसार भयो ।

यो कदम अहिलेको लागि पूर्णतया प्रशासनिक भए पनि, धेरैले यसलाई एकजना सदस्य लियाम पेनको मृत्युपछि ब्यान्ड सदस्यहरू पुनः एक हुने आशाजनक संकेतको रूपमा हेरिरहेका छन् ।

‘द सन’ ले एक संगीत स्रोतलाई उद्धृत गर्दै भन्यो, ‘यो एउटा ठूलो क्षण हो । हृदयविदारक भए पनि, लियामको निधनले उनीहरूलाई एकसाथ ल्याएको छ, यो अझ दुःखद छ कि उनी सदस्य पुनर्मिलन हुने क्षणलाई सेलिब्रेसन गर्ने सबैभन्दा ठूला चियरलिडर हुने थिए ।’

शोमा देखा पर्दा उनीहरूले स्थापना गरेको मूल कम्पनी पीपीएम थियो । प्रिन्सेस पार्क मनोरको नामबाट उक्त कम्पनीको नाम राखिएको थियो, जुन निजी परिसर हो जहाँ ब्याण्ड आफ्नो सफलतासँगै सरेको थियो ।

स्रोतले यो पनि भन्यो, “लियामको मृत्यु भएदेखि केटाहरू सम्पर्कमा छन् ।’

पीपीएम म्युजिक लिमिटेडमा जेनको पुनरागमनको भावनात्मक महत्वको बाबजुद पनि, नयाँ संगीत सिर्जना-प्रस्तुति वा काममा औपचारिक पुनर्मिलनको कुनै आधिकारिक पुष्टि भैसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?