+
+
Shares

युक्रेनको राजधानी किभमा रूसद्वारा भिषण ड्रोन आक्रमण, ६ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते २१:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रूसले युक्रेनको राजधानी किभसहितका ठूला शहरमा ड्रोन आक्रमण गरी कम्तीमा ६ जनाको मृत्यु र ३५ जना घाइते भएका छन्।
  • युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रूसी आक्रमणमा करिब ४३० ड्रोन र १८ मिसाइल प्रहार भएको बताए।
  • युक्रेनले रूसी तेल पूर्वाधारमा जवाफी ड्रोन आक्रमण गरी नोभोरोसिस्क बन्दरगाहमा क्षति पुर्‍याएको छ।

२८ कात्तिक, काठमाडौं । रूसले युक्रेनको राजधानी किभसहितका ठूला शहरमा ड्रोन आक्रमण गरेको छ । आक्रमणमा परेर कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

राजधानी किभको पूर्वी क्षेत्रमा रहेको एक आवासीय भवनमा रुसी ड्रोन ठोक्किएर विस्फोट हुँदा धेरै तला भत्किएका युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार राति रुसले किभसहित युक्रेनका विभिन्न क्षेत्रमा करिब ४३० ड्रोन र १८ मिसाइल प्रहार गरेको बताए ।

उनका अनुसार आक्रमणले बहुतले आवासीय भवनहरूमा ठूलो क्षति पुगेको छ । दक्षिणी क्षेत्र चोर्नोमोर्स्कमा भएको ड्रोन प्रहारमा दुई जनाको मृत्यु भएको उनले बताए ।

किभको लिसोवी क्षेत्रमा उद्धारकर्मीहरू भग्नावशेष पन्छाउँदै गर्दा अर्को ड्रोन भवनभित्र पसेर विस्फोट भएको स्थानीय स्थानीयले बताएका छन् ।

आक्रमणपछि युक्रेनले पनि रूसी तेल पूर्वाधारमा जवाफी आक्रमण गरेको छ । कालो सागरको तटीय क्षेत्रमा रहेको नोभोरोसिस्क नामक रूसी बन्दरगाहमा युक्रेनले ड्रोड आक्रमण गरेको छ ।

ड्रोन आक्रमणपछि शेस्खारिस तेल प्रशोधन केन्द्रमा आगलागी भएको र एक जहाज तथा एक आवासीय भवनमा क्षति पुगेको अधिकारीहरूले रूसी अधिकारीले बताएका छन् ।

क्रास्नोदारका गभर्नर भेन्यामिन कन्द्राटेभका अनुसार, मुख्य तेल भण्डारण केन्द्र र कन्टेनर टर्मिनल क्षतिग्रस्त हुँदा तीन जना चालक दलका सदस्यसहित चार जना घाइते भएका छन् ।

आक्रमणपछि मेयर आन्द्रेइ क्राभेन्चेन्कोले आपतकाल घोषणा गरेका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार घटनापछि प्रशोधन केन्द्रबाट तेल निर्यात रोकिएको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युक्रेनले रातभरि रुसमाथि लामो दूरीको ‘लङ नेप्च्युन’ क्रूज मिसाइल प्रहार गरेको दाबी गरेका छन् । तर, उनले लक्षित स्थानबारे भने केही खुलाएका छैनन् ।

लिसोवी क्षेत्रमा लागेको ड्रोन सातौँ तलामा ठोक्किएको र विस्फोट भएपछि चौथादेखि आठौँ तलासम्मका भागहरू भत्किएको अधिकारीहरूले बताएका छन् ।

आपतकालीन सेवाका अधिकारीहरूले आगलागी भएका आवासीय भवन र अन्य संरचनाबाट ४० भन्दा बढी व्यक्तिहरूको उद्धार गरिएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?