+

नामिबियाका ट्रम्पलमनले लुम्बिनीबाट एनपीएल खेल्ने

२०८२ कात्तिक  २९ गते ८:०६ २०८२ कात्तिक २९ गते ८:०६
नामिबियाका ट्रम्पलमनले लुम्बिनीबाट एनपीएल खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग २०२५ का लागि नामिबियाका बाँयाहाते पेस बलर रुबेन ट्रम्पलमनलाई अनुबन्ध गरेको छ।
  • रुबेन ट्रम्पलमनले नामिबियाका लागि ४९ एकदिवसीय र ४४ टी२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् र टी२० विश्वकप २०२४ मा ४ विकेट लिएका थिए।
  • लुम्बिनीले यसअघि अष्ट्रेलियाका डार्शी सर्ट, इटालीका थोमस ड्राका र अफगानिस्तानका गुल्बादिन नइबलाई अनुबन्ध गरिसकेको छ।

२९ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ लागि नामिबियाका बाँयाहाते पेस बलर रुबेन ट्रम्पलमनलाई अनुबन्ध गरेको छ ।

यसअघि तीन विदेशी खेलाडी अनुबन्ध गरेको लुम्बिनीका लागि ट्रम्पलमन चाैथो विदेशी खेलाडी हुन् । लुम्बिनीले यसअघि अष्ट्रेलियाका ब्याटर डार्शी सर्ट, इटालीका पेस बलर थोमस ड्राका र अफगानिस्तानका अलराउण्डर गुल्बादिन नइबलाई अनुबन्ध गरिसकेको छ ।

पेस बलर रुबेन ट्रम्पलम्यानलाई अनुबन्ध गर्दै लुम्बिनी लायन्सले बलिङ लाइनअप बलियो बनाएको छ । २७ वर्षीय ट्रम्पलमनले नामिबियाका लागि ४९ एकदिवसीय अन्तर्राष्ट्रिय र ४४ टी२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ७३ र टी२० अन्तर्राष्ट्रियमा ४९ विकेट लिएका छन् ।

टी२० विश्वकप २०२४ अन्तर्गत बार्बाडोसमा भएको ओमान विरुद्धको खेलमा उनले टी२० करियरका बेस्ट बलिङ गरेका थिए । जसमा उनले २१ रन खर्चेर ४ विकेट लिएका थिए ।

यस्तै टी-२० अन्तर्राष्ट्रियमा उनले २६७ रन समेत बनाएका छन् । जसमा ४६ रन उनको व्यक्तिगत उच्च स्कोर हो । एकदिवसीय अन्तर्राष्ट्रियमा उनले दुई अर्धशतक प्रहार गरेका छन् ।

२०२५ अक्टोबरमा दक्षिण अफ्रिकासँगको टी-२० मा ऐतिहासिक जित निकाल्दा ट्रम्पलमनले महत्वपूर्ण ३ विकेट लिनुका साथै अविजित ११ रन बनाएका थिए ।

दक्षिण अफ्रिकाको डर्बनमा जन्मिएका ट्रम्पलमन दक्षिण अफ्रिकाको डोमेस्टिक सिस्टमबाट आएका हुन् । तर आफ्नो बुबा जन्मेको देश नामिबियाका लागि खेल्न थालेपछि उनी चर्चामा आए ।

उनले सन् २०२१ मा टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । त्यसयता उनी नामिबियाका मुख्य पेस बलरको रुपमा छन् । बायाँ हातले बलर उनीसँग धेरै भ्यारिएसन छ ।
उनी १४० किमी प्रति घण्टाको गतिमा बलिङ गर्न सक्छन् ।

रुबेनले तीन पटक टी-२० विश्वकप खेलेका छन् । उनीसँग नेपालमा आएर खेलेको अनुभव छ । लिग टु क्रिकेटमा उनले कीर्तिपुरमा आएर खेलिसकेका छन् । यस्तै उनले नेपाल भ्रमणमा नामिबियाले टी२० अन्तर्राष्ट्रिय खेल समेत खेलेको छ ।

लुम्बिनी लायन्स टिम

रोहित कुमार पौडेल, सन्दिप जोरा, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक भण्डारी, सुमित महर्जन, दुर्गेश गुप्ता, दिलिप नाथ, शेर मल्ल, आदिल खान, विशाल पटेल

विदेशी खेलाडी : डार्शी सर्ट, थोमस ड्राका, गुल्बादिन नइब, रुबेन ट्रम्पलम्यान
ट्यालेन्ट हन्ट : समिर अली
मेन्टर : रोबिन सिंह
मुख्य प्रशिक्षक : टिनु योहान्नान
कन्सलट्यान्ट प्रशिक्षक : शक्ति गौचन
सहायक प्रशिक्षक : सुवास खकुरेल

रुबेन ट्रम्पलमन लुम्बिनी लायन्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय