News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियन, नेपाल (स्ववियु परिषद्, नेपाल) गठन गरेको छ।
- स्ववियु परिषद्को अधिवेशन मंसिर ११, १२ र १३ गते त्रिभुवन विश्वविद्यालय परिसरमा हुनेछ।
- अधिवेशन व्यवस्थापनका लागि राज थेवेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ।
२९ कात्तिक, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्वतन्त्र विद्यार्थी युनियन, नेपाल (स्ववियु परिषद्, नेपाल) गठन गरेको छ ।
विश्वविद्यालयका कलेजमा निर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यहरुको प्रतिनिधिमूलक साँझा संस्थाका रुपमा स्ववियु परिषद् नेपाल गठन गरेको हो ।
नेविसंघले परिषद्को अधिवेशन मिति पनि तय गरेको छ । यसै सालको मंसिर ११, १२ र १३ गते त्रिभुवन विश्वविद्यालय परिसरमा अधिवेशन हुनेछ ।
अधिवेशन व्यवस्थापनका लागि राज थेवेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4