News Summary
Generated by OK AI. Editorially reviewed.- सोनापुर मिनरल्स एण्ड आयलले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ४ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ।
- कम्पनीको बिक्री आम्दानी ६६ करोड ९९ लाख रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको तुलनामा करिब दोब्बर हो।
- कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७ करोड रुपैयाँ र रिजर्भ २ अर्ब ८२ करोड रुपैयाँ रहेको छ।
३० कात्तिक, काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनी ४ करोड ३६ लाख रुपैयाँ नाफामा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ८ करोड ५५ लाख रुपैयाँ नोक्सानीमा थियो । कम्पनीको बिक्री आम्दानी करिब दोब्बर हुँदा नाफामा सुधार आएको हो ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६६ करोड ९९ लाख रुपैयाँ बिक्री आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको बिक्री आम्दानी ३४ करोड ३० लाख रुपैयाँ थियो ।
३ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिजर्भमा २ अर्ब ८२ करोड रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ५.६८ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १९१.९१ रुपैयाँ छ । हाल बजार मूल्य प्रतिकित्ता ४१२ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4