+
+
Shares

विदेशी मुद्रा सञ्चिति ३० खर्ब नजिक, १६.४ महिनाको आयात धान्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३० गते १३:२७

३० कात्तिक, काठमाडौं । नेपालमा विदेशी मुद्राको सञ्चिति ३० खर्ब नजिक पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक (साउन–असोज) मा विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ । २०८२ असार मसान्तसम्म विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको थियो ।

अमेरिकी डलरमा असार मसान्तसम्म १९ अर्ब ५० करोड सञ्चिति रहेकोमा असोज मसान्तसम्म ८.७ प्रतिशतले बढेर २१ अर्ब २१ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको तेस्रो महिनासम्मको तथ्यांकलाई आधार मान्दा विदेशी विनिमय सञ्चिति १९.९ महिनाको वस्तु आयात र १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ ।

यस्तो सञ्चिति कुल गार्हस्थ उत्पादनको तुलनामा ४८.८ प्रतिशत, आयातको तुलनामा १३६.६ प्रतिशत र विस्तृत मुद्रा प्रदायकसँगको अनुपातमा ३६.८ प्रतिशत रहेको देखिएको छ । कुल विदेशी सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तसम्म २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा असोजसम्म १०.५ प्रतिशतले बढेर २६ खर्ब ६७ अर्ब ७० करोड पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?