+
+
Shares

‘क्लाइमेट स्मार्ट सिटीज’ परियोजनाअन्तर्गत २० सरकारी विद्यालयलाई अनुदान वितरण

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३० गते १४:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्लाइमेट स्मार्ट सिटीज परियोजना अन्तर्गत काठमाडौं र चितवनका २० सरकारी विद्यालयलाई फण्ड उपलब्ध गराइएको छ।

३० कार्तिक, काठमाडौं । ‘क्लाइमेट स्मार्ट सिटीज’ परियोजना अन्तर्गत काठमाडौं र चितवनका २० वटा सरकारी विद्यालयलाई ‘फण्ड’ उपलब्ध गराइएको छ । साथै विद्यार्थी तथा शिक्षकलाई वातावरण संरक्षण तथा फोहोर व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरिएको छ ।

परियोजनाको मुख्य साझेदार संस्था एनिमल नेपालले विद्यालयस्तरीय जागरण, वेस्ट म्यानेजमेन्ट र मानव–जनावर–वातावरणको अन्तरसम्बन्धका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

एनिमल नेपालकी कार्यक्रम संयोजक सुलक्षणा राणाका अनुसार यो परियोजनाले प्लास्टिक प्रदूषण न्यूनीकरणका साथै जनावरमाथि हुने क्रूरताको मानसिक प्रभावलाई पनि सम्बोधन गर्दै बालबालिकामा करुणा र समानुभूतिको भावना विकास गर्ने उद्देश्य लिएको छ । ‘बच्चाहरूले स्कुलमा सिकेको कुरा घर–परिवार र समुदायसम्म पुर्‍याउँछन्, जसले जनावरप्रति दया र वातावरण संरक्षण दुवै क्षेत्रमा दीर्घकालीन प्रभाव पार्छ’ उनले भनिन् ।

परियोजनाको नेतृत्व गरिरहेको संस्था क्रिएसन नेपालले कार्यक्रममा २० विद्यालयका शिक्षक तथा विद्यार्थीहरूलाई फण्ड हस्तान्तरण र रिपोर्टिङ तालिम प्रदान गरेको छ ।

क्रियसन नेपालकी प्रोजेक्ट अफिसर लिला पौडेलका अनुसार यो परियोजनामा हरेक विद्यालयमा ‘क्लाइमेट स्मार्ट क्लब’ गठन गरिन्छ । विद्यार्थीहरू नै अध्यक्ष, उपाध्यक्ष र सदस्य बनेर आफैं योजना बनाउँछन् । साथै उनीहरूले नै बजेट व्यवस्थापन र कार्यक्रम सञ्चालन गर्छन् । ‘रुख रोप्ने, फोहोर वर्गीकरण, डस्टबिन वितरण, नाटक प्रदर्शनदेखि समुदाय सरसफाइसम्मका गतिविधि विद्यार्थी आफैंले गर्छन्’ पौडेल भन्छिन्, ‘यसले उनीहरूको नेतृत्व क्षमता र दस्तावेजीकरण सीप दुवै विकास हुन्छ ।’

तीन वर्षे यो परियोजनाले विद्यार्थी, युवा, सफाइकर्मी र स्थानीय समुदायलाई एकै ठाउँमा ल्याएर प्लास्टिकको पुनर्चक्रण र सर्कुलर इकोनोमीको मोडल विकास गर्नु मुख्य लक्ष्य रहेको आयोजकहरूले बताएका छन् ।

कार्यक्रममा सहभागी शिक्षक र विद्यार्थीहरूले यो अवसरले उनीहरूलाई वातावरण जोगाउन मात्र नभई नेतृत्व लिन पनि प्रेरित गरेको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?