+
+
Shares

प्रसाईं समर्थित दलका प्रस्तावित सभापति भन्छन्- राजनीतिलाई व्यापार सम्झेका छैनौं

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३० गते १५:०९

३० कात्तिक, काठमाडौं । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन पेश गरेका ‘नागरिक बचाउ दल, नेपाल’ का प्रस्तावित सभापति माधवप्रसाद खतिवडाले आफ्नो दल वैकल्पिक शक्तिको रुपमा उभिने दाबी गरेका छन् ।

निर्वाचन आयोगमा पुगेर सनाखत गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले आगामी प्रतिनिधि सभा निर्वाचनमा गरिब र नागरिकका मुद्दामा आधारित स्पष्ट एजेण्डा लिएर चुनावी मैदानमा उत्रिने दाबी गरे ।

‘यो देशमा दर्ता भएका सबै राजनीतिक दलहरु एकातिर र हाम्रो दललाई एकातिर राखेर हामी निर्वाचनमा जाँदैछौं । त्यो हाम्रो दल नै पल्लाभारी हुन्छ,’ खतिवडाले भने, ‘किनभने हामीसँग गरिबका मुद्दा छन् । हामीसँग गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीका मुद्दाहरु छन् । हामी नागरिकका मुद्दाहरुलाई लिएर, राष्ट्रका मुद्दाहरुलाई लिएर र धर्म संस्कृति र संस्कारका मुद्दाहरुलाई लिएर हामी चुनावी मैदानमा जाँदैछौं ।’

परम्परागत राजनीतिक शक्तिहरूले जनताको सरोकार बिर्सिएको अवस्थामा आफ्नो दल वैकल्पिक शक्तिको रुपमा उभिने दाबी समेत उनले गरे । उनका अनुसार दलले गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मूल एजेण्डा बनाई चुनावमा जानेछ ।

‘हामीले राजनीतिलाई अरु पार्टीहरुले जस्तो व्यापार सम्झेको छैनौं । हामी राजनीतिमा सेवा र समर्पण गर्नको लागि नागरिक बचाउ दल स्थापना भएको हुँदा अगामी चुनावमा हामी अरु दलभन्दा पल्लाभारीको रुपमा जनताको पक्षमा काम गर्नका लागि संसद भवन र सिंहदरबार छिर्नेछौं,’ खतिवडाले भने ।

उनले आगामी निर्वाचनमा मतदाताको विश्वास जितेर सिंहदरबार र संसद् भवनसम्म जनताको मुद्दा लैजाने लक्ष्य दलको रहेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?