+
+
Shares
संगीत :

संगीतको ‘ग्लोबल चार्ट’ मा एआईद्वारा सिर्जना गरिएका गीतको दबदबा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३० गते १६:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका तीन गीतले बिलबोर्ड र स्पोटीफाईको ग्लोबल चार्टमा शीर्ष स्थान कब्जा गरेका छन्।
  • स्पोटीफाईले गीत हटाएको होइन, गीतको प्रतिलिपि अधिकार भएका व्यक्तिले हटाएको हो, ब्रोकन भेटेरानले बताए।
  • डिजरको अध्ययनअनुसार हरेक दिन ५० हजार एआई-उत्पन्न गीतहरू स्ट्रिमिङ प्लेटफर्ममा अपलोड हुन्छन्।

काठमाडौं । कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका ३ गीतले पछिल्लो साता बिलबोर्ड र स्पोटीफाईको ‘ग्लोबल चार्ट’ को शीर्ष स्थान कब्जा गरेका छन् ।

‘ब्रेकिङ रस्ट’ नामक एक समूहले सिर्जना गरेको गीतहरू ‘वाक माई वाक’ र ‘लिभिङ अन बरोड टाइम’ले स्पोटीफाईको अमेरिकाको ५० भाइरल गीतको सूचीमा स्थान बनाएका छन् ।

नयाँ आश्रय स्थल निर्माणको विरोधमा जेडब्लू ब्रोकन भेटेरानद्वारा लिखित आप्रवासी विरोधी गान, वी से नो, नो टु असाइलम सेन्टरले सोही समयमा स्पोटीफाईको विश्वव्यापी संस्करणको भाइरल चार्टमा शीर्ष स्थान हासिल गरेको छ ।

चार्टको शीर्षस्थानमा पुगेको केही दिन पछि, डच गीत स्पोटिफाई र युट्युबबाट गायब भयो । ब्रोकन भेटेरानको अन्य संगीत पनि गायब भयो ।

स्पोटिफाईले डच आउटलेट एनयूलाई बताएअनुसार कम्पनीले संगीत हटाएको होइन, बरु गीतको प्रतिलिपि अधिकार भएका व्यक्तिले हटाए । ब्रोकन भेटेरनले संगीत किन गायब भयो भन्ने बारेमा आफू अनभिज्ञ रहेको र चाँडै प्लाटफर्ममा फिर्ता हुने कुरामा आफू आशावादी रहेको जनाएको छ ।

तीन हप्तादेखि, ‘वाक माई वाक’ ले बिलबोर्डको “कन्ट्री डिजिटल गीत बिक्री’ सूचीको शीर्षस्थानमा नेतृत्व गरेको छ । यो सूचीले गीतको डाउनलोड र विक्रीको मापन गर्छ ।

यी ३ गीतहरू एआईद्वारा सिर्जना गरिएका संगीत हुन् । पछिल्लो समय एआईबाट सिर्जना गरिएका गीतले स्ट्रिमिङ प्लाटफर्ममा वर्चस्व जमाउन थालेका छन् ।

स्ट्रिमिङ एप डिजरद्वारा बुधबार प्रकाशित एक अध्ययनले अनुमान गरेको छ कि प्लेटफर्ममा हरेक दिन ५० हजार एआई-उत्पन्न गीतहरू अपलोड हुन्छन्, जुन त्यहाँ समावेश गरिएका सबै संगीतको ३४ प्रतिशत हो ।

वाक माई वाक- वी से नो नो- नो टु एन एसाइलम सेन्टर ठूलो संख्यामा दर्शकमा पुग्ने पहिलो एआई-उत्पन्न गीत होइनन् । गर्मीयाममा ‘भेलभेट सनडाउन’ नामक समूहले एआईबाट सिर्जना गरेका गीतले स्पोटिफाईमा १० लाख भन्दा बढी भ्यूज पाए । जसलाई एक सदस्यले केही समयपछि ‘कलाको ठगी’ भनेर वर्णन गरे ।

‘यो एआई संगीतको लोकप्रियतामा तीव्र गतिमा वृद्धि भइरहेको प्रवृत्तिको अंश हो किनभने यो ठूलो मात्रामा फैलिरहेको छ’ उनले भने, ‘यहाँ तपाईंसँग प्रति दिन ५० हजार ट्रयाकहरू छन् जुन मानव संगीतकारसँग प्रतिस्पर्धा गरिरहेका छन् ।’

अध्ययनअनुसार पछिल्लो समय एआईबाट सिर्जना गरिएका संगीतको गुणस्तरमा सुधार आइरहेको छ । ८ मुलुकका ९ हजारजना मानिसमाझ डिजरले गरेको एक सर्वेक्षणअनुसार, ती मानिसमध्ये ९७ प्रतिशतले एआई र मानिसले सिर्जना गरेका गीतलाई छुट्याउन सक्दैनन् ।

‘यसलाई अस्वीकार गर्ने ठाउँ छैन । मलाई लाग्छ कि तपाईं अहिले मानव-रचना गरिएको संगीतबाट उत्कृष्ट एआई संगीत छुट्याउन सक्नुहुन्न’ न्यूटन-रेक्सले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?