+
+
Shares

शिवम् सिमेन्टको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते ११:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिवम् सिमेन्टले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको १२.५० प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
  • कम्पनीले २.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
  • शिवम् सिमेन्टले मंसिर २५ गते साधारणसभा बोलाउने र मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

१ मंसिर, काठमाडौं । शिवम् सिमेन्टले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको १२.५० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसमा २.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश दिने निर्णय भएको छ ।

त्यस्तै कम्पनीले मंसिर २५ गतेका लागि साधारणसभा बोलाउने निर्णय पनि गरेको छ । साधारणसभाका लागि कम्पनीले मंसिर ११ गते बुक क्लोजको मिति तय गरेको छ ।

यसअनुसार १० गतेसम्म कायम सेयरधनीले साधारणसभामा सहभागी हुन र लाभांश पाउने छन् । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५९० रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?