+
+
Shares

आलुको भाउ बढ्यो, यस्तो छ कालीमाटीको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी बजारमा सोमबार रातो आलु भारतीयको औसत मूल्य ५१ रुपैयाँ पुगेको छ, जुन हिजोको तुलनामा ५ रुपैयाँले बढेको हो।
  • सेतो आलुको मूल्य पनि सोमबार बढेर औसत ४४ रुपैयाँ प्रतिकिलो कायम भएको छ, जुन हिजो ४२ रुपैयाँ थियो।
  • सोमबार रातो आलुको थोक मूल्य न्यूनतम ५५ देखि अधिकतम ६० रुपैयाँसम्म पुगेको छ।

१ मंसिर, काठमाडौं । कालीमाटी बजारमा आलुको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि निर्धारण गरेको मूल्यसूची अनुसार आलुको भाउ बढेको हो ।

बजारमा रातो, सेतो गरी दुई प्रकारका आलु किन्न पाइन्छ । त्यसमध्ये रातो आलु भारतीय पनि बजारमा आउँछ ।

आज सोमबार कालीमाटी बजारमा रातो आलु भारतीय प्रतिकिलो थोकमा न्यूनतम ५० देखि अधिकतम ५२ रुपैयाँमा किनबेच भइरहेको छ । औसत मूल्य ५१ रुपैयाँ कायम छ।  हिजो आइतबार रातो आलु भारतीय न्यूनतम ४५ देखि अधिकतम ४८ र औसत ४६ रुपैयाँमा किनबेच भएको थियो ।

हिजो आइतबारको तुलनामा आज सोमबार रातो आलु भारतीयको औसत मूल्य ५ रुपैयाँ बढेको छ ।

आज सोमबार सेतो आलुको मूल्य पनि बढेको छ । आज सेतो आलु प्रतिकिलो थोकमा न्यूनतम ४२ देखि अधिकतम ४६ र औसत ४४ रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाएको छ ।

हिजो आइतबार भने सेतो आलु प्रतिकिलो थोकमा न्यूनतम ४० देखि अधिकतम ४४ र औसत ४२ रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै आज रातो आलु प्रतिकिलो थोकमा न्यूनतम ५५ देखि अधिकतम ६० र औसत ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?