१ मंसिर, काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका सुनसरीका नेता एवं कार्यकर्ताहरूले पार्टी परित्याग गरेका छन् ।
केन्द्रीय नेता एवं सुनसरीका इन्चार्ज भवानी मेहताको नेतृत्वमा ८४ जनाले आइतबार सामूहिक राजीनामा दिएका हुन् ।
सुनसरीस्थित जनमत पार्टी कार्यालय इनरुवामा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा घोषणा गरेको जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी गराए ।
राजीनामा दिनेहरूमा केन्द्रीय सदस्यहरू दुर्गानन्द यादव, मनोज मेहता, सुनसरीका पूर्व इन्चार्ज विकास बहरदार राष्ट्रिय परिषद् सदस्य देवराम यादव मधेसी, जिल्ला सहसचिव अवधेश गुप्ता, कोषाध्यक्ष प्रमिलादेवी मेहता, जिल्ला सहसचिव सत्यनारायण यादव लगायत छन् ।
जनमतका कोशी अध्यक्ष बुद्धिराज न्यौपानेले पार्टीको अवस्था आफ्नो प्रदेशमा ठीक नभएको र नेता कार्यकर्ताहरूले पार्टी छोड्ने क्रम बढेको अनलाइनखबरसँग बताए ।
उनले भने, ‘यो कास्टिङ मात्रै हो । अरू प्रदेशबाट पनि राजीनामा आउँछ । मधेशबाट पनि आउँछ । पार्टी नेतृत्वको शैली मन परेको छैन ।’
प्रतिक्रिया 4