+
+
Shares

पर्यटन समिति अगुवाइमा पर्यटकीय स्थल सरसफाइ

मधेश प्रदेशकै मुख्य पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गइरहेको ठोरीमा विशेषगरी भारतीय पर्यटक आउने गर्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १४:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्सा ठोरीमा पर्यटन प्रवर्द्धन समितिको अगुवाइमा सेतो पहाड क्षेत्रमा सरसफाइ सुरु गरिएको छ।
  • सरसफाइमा पर्यटन व्यवसायी, स्थानीय, इलाका प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्मल ठोरी उपभोक्ता समिति सहभागी छन्।
  • पूर्वमुख्यमन्त्री लालबाबु राउतले ११ चैत २०७८ मा ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गरी १० करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेका थिए।

१ मंसिर, काठमाडौं । पर्सा ठोरीमा रहेका मुख्य पर्यटकीय स्थल सरसफाइ थालिएको छ । पर्यटन प्रवर्द्धन समिति अगुवाइमा सरसफाइ सुरु गरिएको हो ।

मधेश प्रदेशकै मुख्य पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गइरहेको ठोरीमा विशेषगरी भारतीय पर्यटक आउने गर्छन् ।

समिति अगुवाइमा सोमबार सेतो पहाड (ह्वाइट हिल) क्षेत्र सरसफाइ गरिएको समिति उपाध्यक्ष सुरज लामाले जानकारी दिए ।

पर्यटन व्यवसायी, स्थानीय, इलाका प्रहरी कार्यालय ठोरी, सशस्त्र प्रहरी कार्यलय ठोरी, नेपाली सेना, निर्मल ठोरी उपभोक्ता समिति लगायत सहभागितामा सेतो पहाड अगाडिको क्षेत्र सरसफाइ गरिएको उनले बताए ।

विशेषगरी सेता पहाडको काखमा रहेको राईधारा क्षेत्र भारतीय पर्यटक घुम्न आउने मुख्य  स्थान हो । यहाँ दैनिक भारतीयका साथै आन्तरिक पर्यटक पनि वनभोज खान आउने गर्दछन् ।

समिति अगुवाइमा ठोरीका अन्य पर्यटकीय स्थल पनि सरसफाइ गरिने उनले बताए ।

सरसफाइ अभियानका साथै घुम्न आउने पर्यटकलाई जथाभावी फोहोर नफाल्नका लागि सचेतना जगाइने उनले बताए ।

मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले ११ चैत २०७८ मा ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गरेका थिए ।

ठोरीमै मन्त्रिपरिषद् बैठक राखेर उनले पर्यटकीय क्षेत्र विकासका लागि आवश्यक पूर्वाधार बनाउन १० करोड रुपैयाँ विनियोजन गरिने निर्णय गराएका थिए । तर, उक्त घोषणा कागजमै सीमित रहेको समिति अध्यक्ष लामाले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?