+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरी प्यान नम्बर आफैंले लिन सकिने प्रणाली सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १७:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय परिचय पत्रसँग आवद्ध गरी व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) आफैले लिन सकिने प्रणाली सुरु गरिएको छ।
  • अर्थमन्त्री रामेश्वर खनालले वार्षिक ४० लाखसम्मको आय भएका एकल रोजगारदाताका लागि क्यूआर कोडसहित अनलाइन कर चुक्ता प्रमाणपत्र लिने प्रणाली सुरु गरेको बताए।
  • अर्थमन्त्री खनालले नेपाललाई लगानीको आकर्षक गन्तब्य बनाउन पूर्वानुमानयोग्य नीति र नीतिगत स्थिरता कायम गर्न मन्त्रालयको संरचनागत सुधार गरिएको उल्लेख गर्नुभयो।

१ मंसिर, काठमाडौं । राष्ट्रिय परिचय पत्रसँग आवद्ध गरी व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) आफैले लिन सकिने प्रणालीको शुभारम्भ गरिएको छ ।

अर्थमन्त्री रामेश्वर खनालले सोमबार कर दिवसको अवसरमा यस्तो प्रणालीको सुरुवात गरेका हुन् ।

उनले वार्षिक ४० लाखसम्मको आय भएका र एकल रोजगारदाता भएका प्राकृतिक व्यक्तिका लागि क्यूआर कोडसहितको अनलाइन कर चुक्ता प्रमाणपत्र लिने प्रणालीको समेत सुरुवात गरे ।

सो अवसरमा अर्थमन्त्री खनालले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा लगानीको आकर्षक गन्तब्य बनाउन पूर्वानुमानयोग्य नीति र नीतिगत स्थिरता कायम गर्न मन्त्रालयको संरचनागत पक्षमा सुधार गरिएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?