News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो पटक ६ वटा फ्लडलाइट बालेर नेपाल प्रिमियर लिग (एनपीएल) सुरु गरिएको छ।
- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा भइरहेको छ।
- प्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन खेलमा हेलिकप्टरबाट पुष्पवृष्टि गराएर खेल उद्घाटन गर्नुभएको थियो।
१ मंसिर, काठमाडौं। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ६ वटै फ्लडलाइटहरू बालेर पहिलो पटक नेपाल प्रिमियर लिग (एनपीएल) सुरु गरिएको छ ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंकै टोली काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा भइरहेको छ ।
खेलको उद्घाटन खेलमा प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् । हेलिकप्टरबाट पुष्पवृष्टि गराएर खेल उद्घाटन गराइएको थियो ।
पहिलो खेलका हेर्नका लागि त्रिवि क्रिकेट मैदानमा दर्शकहरूको उल्लेख्य उपस्थिति छ ।

गत संस्करण सामान्य स्तरको मैदानमा भएको थियो भने यसपटक १० हजार दर्शक क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइटहरू जडान भएका छन् ।
गत संस्करणको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो ।
यस्तै काठमान्डु गोर्खाज गत संस्करण पाँचौँ स्थानमा रहेर लिग चरण सकाएको थियो ।
थप तस्वीरहरू :









प्रतिक्रिया 4