३ मंसिर, काठमाडौं । २४ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले भूउपयोग नियमावलीको तेस्रो संशोधन गरी वर्गीकरण नगरिएका पालिकाहरूलाई पनि जग्गा कित्ताकाट गर्न दिने निर्णय गर्यो ।
७५३ मध्ये ४९१ पालिकाले तीन वर्षमा समेत वर्गीकरण नगरेपछि सरकारले आगामी असार मसान्तसम्म कित्ताकाट गर्ने समय दिएको हो ।
२०७६ सालमा बनेको भूउपयोग ऐन र २०७९ को भूउपयोग नियमावलीअनुसार भूमिको समुचित उपयोग र प्रभावकारी व्यवस्थापनका लागि अनिवार्य भने पनि अहिलेसम्म जम्मा २६२ पालिकाले मात्रै वर्गीकरण सम्पन्न गरेका छन् । भूमिको आधार तथा मापदण्ड र नक्सा तयार गरी कित्तागत विवरण पूरा गर्नेमा आधाभन्दा बढी गाउँपालिका छन् ।
कुनै पनि महानगरपालिका र इटहरी बाहेक सबै उपमहानगरपालिकाले जग्गाको वर्गीकरण गरेका छैनन् । वर्गीकरण नहुँदा कित्ताकाट गर्न नपाएर सास्ती भोग्नु परेको जग्गाधनीहरू बताउँछन् । ८३ वटा पालिकाले त नियमावली बनेको तीन वर्ष भइसक्दा वर्गीकरणको सुरुवातसमेत गरेका छैनन् ।
जग्गाको आधार तथा मापदण्ड, नक्सा अद्यावधिक गरेर कित्तागत विवरण सम्पन्न भएपछि मात्र वर्गीकरण भएको मानिन्छ ।
१५९ पालिकाले आधार र मापदण्ड तयार गरेर कित्ताकाट विवरण तयार पार्दैछन् भने १५३ वटाले आधार र मापदण्ड तयार गरेर नक्सा अद्यावधिक गरिरहेका छन् । ४४ वटाले आधार र मापदण्ड बनाइरहेका छन् भने ५२ वटाले कृषि क्षेत्र छुट्याएका छन् ।

तेस्रो पटक संशोधित भूउपयोग नियमावलीमा भूमि बैंकसम्बन्धी प्रावधान राखिएको छ । वर्गीकरण नभएका पालिकाहरूमा भने भूमि बैंक स्थापना गर्न मिल्दैन ।
भूमि बैंक स्थापना भएपछि भूमि उपयोग गर्न नसक्ने जग्गाधनी र भूमि खोजिरहेका व्यक्तिहरूका बीचमा समन्वय गराउन सहज हुन्छ । र यसका लागि सम्बन्धित पालिका प्रमुख संयोजक, प्रमुख प्रशासकीय अधिकृत सदस्य र भूमिसम्बन्धी शाखाका प्रमुख सदस्यसचिव रहने गरी समिति बनाउन सकिने नियमावलीमा व्यवस्था गरिएको छ ।
संघीय सरकारको चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत कृषियोग्य भूमिको उपयोग गर्न भूमि बैंक स्थापना गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षमा कम्तीमा १०० पालिकामा भूमि बैंक स्थापना गरिने र भूमि बैंकमा अभिलिखित जग्गा व्यावसायिक कृषिका लागि स्थानीय तहसँग करार सम्झौता गरेर लिन सकिने बजेटमा उल्लेख छ ।
भूमि अधिकारकर्मी जगत देउजा कित्ताकाटको म्याद थपेर मात्र समस्या समाधान नहुने बताउँछन् । उनी भन्छन्, ‘उपयुक्त योजना बनाएर तत्काल कार्यान्वयनमा लैजानुपर्छ ।’
भूमि वर्गीकरण गरिसकेका स्थानीय तहहरू :
गाउँपालिका
मिक्वाखोला
मौवाखोला
सिदिङ्वा
भोटखोला
मकालु
सिलिचोङ
चिचिला
सभापोखरी
थुलुङ दूधपोखरी
खिजिदेम्बा
रावाबेसी
साल्पासिलिचो
शहीदभूमि
साँगुरीगढी
चौबीसे
आठराई
फेदाप
मेन्छयायेम
फलेलुङ
फाकफोकथुम
बुद्धशान्ति
गौरीगञ्ज
झापा
बाह्रदशी
हल्दिबारी
कचनकवल
ग्रामथान
कोशी
भोक्राह नरहिं
गढी
हरिनगर
देवानगञ्ज
बर्जु
अन्गिसयर कृष्णसवरण
रुपनी
बलनविहुल
राजगढ
विष्णुपुर
महादेवा
लक्ष्मीपुर पटारी
नवराजपुर
बरियापट्टी
बटेश्वर
लक्ष्मीनिया
जनकनन्दनी
औरही
धनौजी
सम्सी
ब्रह्मापुरी
चक्रघट्टा
धनकौल
विष्णु
कौडेना
यमुनामाई
दुर्गाभगवती
ठोरी
जगरनाथपुर
बिन्दावासिनी
कालिन्चोक
मेलुङ
पाँचपोखरी थाङपाल
हेलम्बु
लिसंखुपाखर
सुनकोशी
उत्तरगया
खनियाबास
थाक्रे
दुप्चेश्वर
तादी
सूर्यगढी
किस्पाङ
म्यागङ
तारकेश्वर
लिखु
पञ्चकन्या
ककनी
रोशी
भीमफेदी
अजिरकोट
बारपाक सुलिकोट
आरुघाट
शहीद लखन
गण्डकी
चामे
नासो
घरपजोङ
मादी
अन्नपूर्ण
माछापुच्छ्रे
रुपा
दूधपोखरी
म्याग्दे
ऋषिङ
देवघाट
बन्दीपुर
आँबुखैरेनी
बौदीकाली
हुप्सेकोट
विनयी त्रिवेणी
फेदीखोला
अर्जुनचौपारी
बिरुवा
हरिनास
कालिगण्डकी (स्याङ्जा)
मोदी
जलजला
बिहादी
पैयुँ
निसीखोला
बढीगाड
जैमिनी
नौमुखी
नौबहिनी
ऐरावती
कालीगण्डकी (गुल्मी)
पूर्वखोला
सरावल
पुस्ता
प्रतापपुर
देवदह
कञ्चन
यशोधारा
गेरुवा
नरहरिनाथ
नौगाड
दोगडाकेदार
जोरायल
चौरिपाटी
बन्नीगाड जयगाड
ढकारी
बर्दगोरिया
लालझाडी
बेलडाँडी
नगरपालिका
वेदकोट
भीमदत्त
दोधारा चाँदनी
पुनर्बास
बेलौरी
शुक्लाफाँटा
कृष्णपुर
साँफेबगर
गोदावरी
परशुराम
शिखर
भेरी
शारदा
गुर्भाकोट
पञ्चपुरी
जयपृथ्वी
चन्दननाथ
राजापुर
बुद्धभूमि
सिद्धार्थनगर
सैनामैना
बर्दघाट
गलकोट
ढोरपाटन
कुश्मा
चापाकोट
वालिङ
गल्याङ
भिरकोट
पुतलीबजार
देवचुली
कावासोती
मध्यबिन्दु
गैंडाकोट
शुक्लागण्डकी
भानु
व्यास
बेनी
पालुङटार
बुढानीलकण्ठ
बिदुर
धुनीवेशी
नीलकण्ठ
मेलम्ची
बहुदरमाई
जिरी
राजदेवी
कोल्हवी
मंलगवा
चन्द्रपुर
गुजारा
फतुवा विजयपुर
कटहरिया
वृन्दावन
माधवनारायण
गरुडा
परोहा
बालारा
गोडैता
लालबन्दी
बागमती
बरहथवा
हरिपुर्वा
खाँदबारी
पाँचखपन
चैनपुर
मादी
धर्मदेवी
नेचासल्यान
सोलुदूधकुण्ड
सिद्धिचरण
सदानन्द
महालक्ष्मी
पाख्रीवास
धनकुटा
म्याङलुङ
यङवरक
देउमाई
माई
सूर्योदय
मेचीनगर
अर्जुनधारा
कन्काई
शिवसताक्षी
गौरादह
बिर्तामोड
भद्रपुर
लेटाङ
सुन्दरहरैचा
सुनवर्षी
रंगेली
बराहक्षेत्र
इटहरी
दुहवी
इनरुवा
शम्भुनाथ
खडक
सुरुङ्गा
बोदेबरसाइन
डाक्नेश्वरी
राजविराज
लहान
धनगढीमाई
गोलबजार
मिर्चैया
कर्जन्हा
कल्याणपुर
नरह
सुखीपुर
गणेशमान चारनाथ
धनुषाधाम
मिथिला
क्षिरेश्वरनाथ
हंसपुर
सबैला
शहीदनगर
कमला
बिदेह
नगराइन
औरही
भंगहा
प्रतिक्रिया 4