+
+
WC Series
चितवन राइनोज 2025
30/2 (4.2)
VS
९४ बलमा १३७ रन आवश्यक
कर्णाली याक्स 2025
166/3 (20)
Shares

औषधि व्यवसायीहरू आन्दोलित

औषधि व्यवस्था विभागको कार्यालयमा पुगेर उनीहरूले संशोधित औषधि ऐनमा राखिएको दण्ड, जरिबाना र संस्था खारेजी सम्बन्धी प्रावधान तत्काल खारेज गर्न माग गर्दै आन्दोलन सुरु गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २ गते १४:०४

२ मंसिर, काठमाडौं । औषधि व्यवसायीहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन् ।

मंगलबार काठमाडौंको बिजुलीबजारस्थित औषधि व्यवस्था विभागको कार्यालयमा पुगेर उनीहरूले संशोधित औषधि ऐनमा राखिएको दण्ड, जरिबाना र संस्था खारेजी सम्बन्धी प्रावधान तत्काल खारेज गर्न माग गर्दै आन्दोलन सुरु गरेका हुन् ।

संस्थाको नवीकरण एक महिनाभित्र नगरे स्वतः खारेज हुने लगायतका प्रावधान संविधानको समेत बर्खिलापमा आएकाले आफूहरूले त्यसको खारेजीको माग गर्दै आन्दोलनमा उत्रनु परेको नेपाल औषधि व्यवसायी संघ, काठमाडौंका महासचिव शुभमान श्रेष्ठले बताए ।

उनले सो माग आगामी नौ दिनभित्र सम्बोधन नभए आफूहरू कडा आन्दोलनमा उत्रने बताए ।

औषधि ऐन, २०३५ लाई संशोधन गरेर बनेको ऐनमा एक महिनाभित्र संस्था नवीकरण नगरे स्वतः खारेज हुने व्यवस्था गरिएको छ । त्यसप्रति व्यवसायीहरूको आपत्ति छ ।

त्यसैगरी उनीहरूले समयमा नवीकरण नभए नवीकरण दस्तुर पनि सय प्रतिशत नै तिर्नुपर्ने सो ऐनको प्रावधान पनि मान्य नहुने भन्दै आक्रोश व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?