+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
36/3 (6.1)
Shares

जेनजी आन्दोलनका घाइतेलाई थप १५ हजार दिने सरकारको निर्णय

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका घाइतेको उपचारार्थ थप तत्काल जनही १५ हजार उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २ गते १७:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई थप जनही १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।
  • मन्त्रिपरिषद्ले नर्वे र स्वीस सरकारले प्रदान गर्ने करिब ७ दशमल १ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
  • नेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाका लागि प्रकाशजंग केसीको संयोजकत्वमा सुझाव समिति गठन गरिएको छ।

२ मंसिर, काठमाडौं । सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घाइतेलाई थप जनही १५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

घाइतेहरू फलोअपका क्रममा आउन आर्थिक समस्या परेको गुनासो आएसँगै सरकारले थप आर्थिक सहुलियत गरेको हो ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका घाइतेको उपचारार्थ थप तत्काल जनही १५ हजार उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएका २ हजार ४२९ जनालाई जनही १५ हजार रुपैयाँ रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको उनले बताए ।

यसअघि सरकारले घाइतेलाई जनही २० हजार रुपैयाँ दिएको थियो ।

बैठकले प्रदेश तथा स्थानीय सरकार शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारले प्रदान गर्ने करिव ५ मिलियन अमेरिकी डलर तथा स्वीस सरकारले प्रदान गर्ने २ दशमल १ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

यस्तै नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गर्न आवश्यक अध्ययनगरी सुझाव पेश गर्न समिति गठन गरिएको छ ।

प्रकाशजंग केसीको संयोजकत्वमा ‘नेप्से पुनर्संरचना सुझाव समिति–२०८२’ गठन गरिएको हो ।

बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको मन्त्री खरेलले जानकारी दिए ।

साथै, माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकका लागि लाग्ने पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा कायम गर्ने निर्णय गरिएको छ ।

सो कार्यका लागी अध्यागमन नियमावली, २०५१ को अनुसूची–१२ मा हेरफेर गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

बैठकले शहीद धर्मभक्त माथेमा अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठ लाई नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?