News Summary
Generated by OK AI. Editorially reviewed.- बेलायत उद्योग वाणिज्य संघको काठमाडौंमा सम्पन्न साधारणसभाले आगामी तीन वर्षका लागि नयाँ कार्यकारिणी समिति चयन गरेको छ।
- राजेन्द्र कुमार खेतानले द्विपक्षीय आर्थिक सहकार्य सुदृढ बनाउने नयाँ लक्ष्य र योजना बारे प्रकाश पारे।
- डा. रोशन राठी अध्यक्ष, पियुष राज अर्याल उपाध्यक्ष र विद्यावारिधि सिग्देल कोषाध्यक्ष चयन भएका छन्।
२ मंसिर, काठमाडौं, नेपाल–बेलायत उद्योग वाणिज्य संघको काठमाडौंमा सम्पन्न साधारणसभाले नयाँ कार्यकारिणी समिति चयन गरेको छ । आगामी तीन वर्षका लागि नयाँ समिति चयन भएको हो । कार्यक्रममा नेपालको निजी क्षेत्र, बैंकिङ, विकास, उद्योग तथा व्यापार क्षेत्रका प्रतिनिधिको सहभागिता थियो ।
बैठकको अध्यक्षता राजेन्द्र कुमार खेतानले गरेका थिए । उनले द्विपक्षीय आर्थिक सहकार्य सुदृढ बनाउने नयाँ लक्ष्य र आगामी योजना बारे प्रकाश पारे ।
नेपालमा पुनः सक्रिय गरिएको यूके डिपार्टमेन्ट फर बिजनेस एण्ड ट्रेड र दुवै देशबीच बढ्दो व्यावसायिक साझेदारीले नयाँ अवसर सिर्जना गरेको उनले बताए । साथै खेतान लाई ‘प्रेसिडेन्ट इमिरट्स’ पदबी प्रदान गरिएको थियो ।
चयन भएको नयाँ कार्यकारिणी समिति अध्यक्षमा डा. रोशन राठी (एलसीसीआई ग्लोबल क्वालिफिकेसन्स),उपाध्यक्षमा पियुष राज अर्याल (लक्ष्मी सनराइज बैंक), कोषाध्यक्षमा विद्यावारिधि सिग्देल (डोल्मा इम्प्याक्ट फन्ड), महासचिवमा सरद बञ्जारा (जेनेस सोलुसन्स), उप–महासचिवमा गोविन्द शाही (युनिलिभर नेपाल) चयन भएका छन् ।
कार्यकारिणी सदस्यहरूमा यमी कार्की (स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल), शिव प्रकाश खेम्का (महावीर श्री इन्टरनेसनल) र नीलु बस्न्यात (डीएआई ग्लोबल) छन् । नयाँ समिति वित्त, व्यापार, बहुराष्ट्रिय कम्पनी, विकास क्षेत्र, उद्यमशीलता तथा नेतृत्व अनुभवको सशक्त संयोजन रहेको संघले जनाएको छ ।
प्रतिक्रिया 4