+
+
Shares

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, मिडिया र राजनीति अध्ययन कार्यदल गठन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते ९:१२

३ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बनस्थलीस्थित केन्द्रीय कार्यालयमा आज (बुधबार) दिउँसो २ बजे बैठक बोलाइएको हो ।

बैठकका लागि १० वटा कार्यसूचीहरू तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उनका अनुसार बैठकमा सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारीसमेत गरी समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहलबारे छलफल हुने छ ।

यस्तै केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा, विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गरेर वाचापत्र कार्यदल विस्तार गरिने कार्यसूची रहेको रास्वपाले जनाएको छ ।

रास्वपाले संविधान परिमार्जन कार्यदल संयोजक मनोनयन गरेर तत्काल काम सुरु गर्न निर्देशन दिने बैठकको कार्यसूची बनाएको छ ।

बैठकले आगामी निर्वाचनसम्म दैनिक मिडिया अध्ययन एवं विश्लेषण गरेर केन्द्रीय तहमा नियमित ब्रिफिङ गर्ने गरी मिडिया अध्ययन कार्यदल गठन गर्ने जनाएको छ ।

उक्त कार्यदलले आवश्यकताअनुसार घटनाबारे जानकारी संकलन गर्ने र केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने बताइएको छ । रास्वपाले बैठकबाट राजनीति अध्ययन कार्यदल पनि गठन गर्ने कार्यसूची रहेको प्रवक्ता झाले जानकारी दिए ।

उक्त कार्यदलले राजनीतिक दल, समूह, शक्तिहरूको गतिविधि नियमित अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा ब्रिफिङ गर्ने, आवश्यकताअनुसार घटनाको जानकारी लिँर्दै केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?