News Summary
Generated by OK AI. Editorially reviewed.- कथानक फिल्म 'लोकन्ती' २६ मंसिरदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ।
- फिल्मलाई रञ्जित रानाले निर्देशन गरेका छन् र शीर्ष भूमिकामा यशराज गराचले अभिनय गरेका छन्।
- फिल्म काभ्रे जिल्लामा छायांकन गरिएको छ र पारिवारिक प्रेमकथाभित्र सामाजिक संवेदना चित्रण गर्छ।
काठमाडौं । कथानक फिल्म ‘लोकन्ती’ २६ मंसिरदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ । निर्माताले यसबारे जानकारी दिन पोस्टर सार्वजनिक गरेका छन् ।
पारिवारिक कथावस्तुमा बनेको फिल्मलाई रञ्जित रानाले निर्देशन गरेका हुन् । शीर्ष भूमिकामा यशराज गराचले अभिनय गरेका छन् ।
६ वर्षपछि उनको पुनरागमन फिल्म हो । ‘स्वर’ बाट डेब्यू गरेका गराचको पछिल्लो फिल्म ‘लभ यू हमेशा’ सन् २०१९ मा प्रदर्शनमा आएको थियो ।
काभ्रे जिल्लामा छायांकन गरिएको फिल्मले पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदना चित्रण गर्छ । फिल्ममा ऋचा थापा, विमला लिम्बु, कुमार न्यौपाने र विकास अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभातको अभिनय छ ।
फिल्मलाई सन्तोष न्यौपानेले निर्माण गरेका हुन् । यो फिल्म न्यौपाने र अधिकारीको डेब्यू समेत हो । फिल्मलाई लिएर दुवैजना उत्साहित देखिएका छन् ।
विकास चौधरीको संगीत, रोनिश तामाङ च्याङ्बाको छायांकन यसमा छ ।
प्रतिक्रिया 4