+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
सुदूरपश्चिम रोएल्स 2025
0/0
Shares

नेतालाई जनतामाझ जान अवरोध पुर्‍याइए चुनाव हुँदैन : डा.भीमार्जुन आचार्य

‘नेताहरूलाई आफ्ना सभा, सम्मेलनमा जान रोक लाउने, आफ्ना कार्यकर्ता वा जनताका माझ जान अवरोध पुर्‍याउने हो भने कसरी चुनाव हुन्छ ?,’ आचार्यले प्रश्न गरेका छन्, ‘अनि यस्तो काम गर्न पाइन्छ कसरी ?’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १४:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संविधानविद् डा. भीमार्जुन आचार्यले नेताहरूलाई जनतामाझ जान अवरोध पुर्‍याइए चुनाव हुन नसक्ने आशंका व्यक्त गर्नुभयो।
  • नेकपा एमालेका नेताहरूलाई बाराको सिमरामा सभा र सम्मेलनमा जान निषेध गरिएपछि उहाँले २१ फागुनमा चुनाव हुनेमा शंका व्यक्त गर्नुभयो।
  • डा. आचार्यले सत्तामा रहेका आन्दोलनकारीले बढी जिम्मेवार हुनु पर्ने र जेनजी पुस्ताले यसमा हेक्का राख्नुपर्ने बताउनुभयो।

३ मंसिर, काठमाडौं। संविधानविद् डा. भीमार्जुन आचार्यले नेताहरूलाई जनतामाझ जान अवरोध पुर्‍याइए चुनाव हुनेमा आशंका व्यक्त गरेका छन्।

बाराको सिमरामा बुधबार नेकपा एमालेका नेताहरूलाई निषेध गरिएपछि उनले २१ फागुनमा चुनाव हुनेमा आशंका व्यक्त गरेका हुन् ।

‘नेताहरूलाई आफ्ना सभा, सम्मेलनमा जान रोक लाउने, आफ्ना कार्यकर्ता वा जनताका माझ जान अवरोध पुर्‍याउने हो भने कसरी चुनाव हुन्छ ?,’ आचार्यले प्रश्न गरेका छन्, ‘अनि यस्तो काम गर्न पाइन्छ कसरी ?’

उनले जेनजी पुस्तालाई सत्तामा रहेका आन्दोलनकारीले झनै बढी जिम्मेवार हुनुपर्ने स्मरण पनि गराएका छन् ।

‘आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने होइन र ?,’ आचार्यले प्रश्न गर्दै भनेका छन्, ‘जेनजीका भाइबहिनीहरूले यसमा हेक्का राख्नु पर्‍यो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?