+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
सुदूरपश्चिम रोएल्स 2025
0/0
Shares

यूएईमा शिक्षाका नाममा हुने ठगी रोक्न ‘स्क्यान द स्क्यामर्स’ अभियान

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १५:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यूएईमा शिक्षाको नाममा हुने ठगी रोक्न ‘स्क्यान द स्क्यामर्स’ अभियान सुरु गरिएको छ।
  • यूएईका विभिन्न विश्वविद्यालयमा पढ्न पठाइने भन्दै नेपाली विद्यार्थी १० लाख रुपैयाँभन्दा बढीमा ठगीमा परेको पाइएको छ।
  • विद्यार्थी नेता विश्वजित कुमार यादवले यूएईको आधिकारिक सीएए वेबसाइटमा सूचीकृत कलेजबाट मात्र अध्ययन गर्न सुझाव दिनुभएको छ।

३ मंसिर, काठमाडौं । यूएईमा शिक्षाको नाममा हुने ठगी रोक्न ‘स्क्यान द स्क्यामर्स’ अभियान सुरु भएको छ । अध्ययनका लागि यूएई पुगेर ठगिएका पीडित विद्यार्थीहरूले अभियान सुरु गरेका हुन् ।

विद्यार्थी भिसामा यूएई पठाउने नाममा नेपाली विद्यार्थी ठगीमा पर्ने गरेको पाइएको छ । यूएईका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि पठाइदिने भन्दै नेपाली विद्यार्थी ठगीमा पर्ने गरेको पाइएको हो । नेपालबाट यूएईका विश्वविद्यालयमा पढ्न भनेर गएका २ हजारभन्दा बढी विद्यार्थी त्यसरी ‘एजुकेसन स्क्याम’ मा परेको अनुमान छ ।

यूएईको ‘फ्री जोन’मा इन्स्टिच्युटका नाममा दर्ता शिक्षण संस्थाहरूले विश्वविद्यालय भन्दै नेपाली विद्यार्थी अध्ययनका लागि लैजाने गरेको देखिन्छ । त्यसका लागि नेपालमा सामाजिक सञ्जालमा रहेका डेढ दर्जन बढी कन्सल्टेन्सीले विद्यार्थीलाई १० लाख रुपैयाँभन्दा बढी उठाएर पठाउने गरेको पाइएको हो ।

युनिभर्सिटीमा अध्ययन गर्न पाइने, इन्स्टिच्युटबाटै डिग्रीको सर्टिफिकेट पाइने भन्दै विद्यार्थीहरू ठगीमा पर्ने गरेका छन् । थप विद्यार्थीहरू यस्तो खालको स्क्याममा नपरून भनेर पीडित विद्यार्थीहरूले नै अभियान सुरु गरेका छन् । ठगीएर एकजुट भएका ८० जना भन्दा बढी विद्यार्थीहरूले यो अभियान अगाडि बढाएका छन् ।

‘सार्वजनिक नोटिस’ जारी गर्दै धेरै विद्यार्थीहरूले पैसा र समय फेक कलेजहरूमा लगानी गरिरहेको भन्दै त्यसतर्फ सचेत रहन अनुरोध गरिएको छ ।

यूएईको दुबई, सारजाह, रस एआई खईमहा, अजमान लगायतका फ्री जोनमा यस्ता कलेज सञ्चालनमा रहेको र तिनीहरूले सही डिग्री नदिने दाबी गरिएको छ ।

विद्यार्थीहरूले यूएईमा पढ्न जानका लागि सबैभन्दा पहिला त्यहाँका सक्रिय कलेजहरूबारे राम्रोसँग जानकारी लिनुपर्ने अभियानका संयोजक तथा दुबई नेपलीज इन्फ्लुएन्सल ग्रुप (डीजीएनआईजी) का विद्यार्थी नेता विश्वजित कुमार यादवले जानकारी दिए । त्यसका लागि यूएईको आधिकारिक सीएए वेबसाइटमा सूचीकृत भएका कलेजहरूबाट छान्न सकिने जनाइएको छ ।

यूएईको शिक्षा मन्त्रालयले ११ मार्च २०१८ मा सूचना प्रकाशित गरेर यूएईमा इजाजतपत्र प्राप्त उच्च शिक्षा संस्थाहरूको सूची सार्वजनिक गरेको थियो ।

यूएईका कुनै पनि कलेजले यूके, यूएसए, क्यानडा, फ्रेन्च लगायतका देशको डिग्री दिने आश्वासनका आधारमा विश्वास नगर्न अनुरोध गरिएको छ । बेलायत, अमेरिका लगायतका कलेजको शाखा कार्यालय भनेर पढ्नका लागि गरिएका अनुरोध अस्वीकार गर्न समेत अनुरोध गरिएको छ ।

यूएईमा अध्ययनरत विद्यार्थीहरूलाई यूएईको कानुन पालना गर्न, सडक प्रदर्शन तथा भेला नगर्न, फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा कलेजको नाम तथा फोटो पोस्ट नगर्न समेत अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?