+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
सुदूरपश्चिम रोएल्स 2025
27/4 (5.5)
Shares

४० वर्ष मुनीका युवाको कांग्रेस सुधार अभियान, केन्द्रीय संयोजन समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १६:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसमा ४० वर्षमुनिका युवाले १०१ सदस्यीय कांग्रेस सुधार अभियान (यू–४०) केन्द्रीय संयोजन समिति गठन गरेका छन्।
  • समितिले पार्टीको आमुल सुधारका लागि ४० वर्षमुनिका युवाको ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चितताका लागि दबाब दिने जनाएको छ।
  • युवा नेता भुवन भट्टले भ्रष्टाचारविरुद्ध खबरदारी र प्राइमरी इलेक्सनको व्यवस्था गराउन समितिले काम गर्ने बताए।

३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसमा आस्थावान ४० वर्षमुनीका युवा संगठित भएका छन् । उनीहरूले १०१ सदस्यीय कांग्रेस सुधार अभियान (यू–४०) केन्द्रीय संयोजन समिति गठन गरेका छन् ।

कांग्रेसको आमुल सुधार र रूपान्तरणका लागि पार्टीका हरेक तह र पार्टीका तर्फबाट तीनवटै तहमा हुने निर्वाचनमा ४० वर्षमुनिका ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चितताका लागि दबाब दिन संयोजन समिति गठन गरिएको हो ।

समितिले भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन कायम गर्न, पार्टीका तर्फबाट हरेक निकायको निर्वाचनमा उम्मेदवार छनोट गर्दा प्राइमरी इलेक्सनको व्यवस्था गराउन र लोकतन्त्रको संरक्षण, सम्वर्द्धनका लागि खबरदारी, नयाँ बहस र पैरवीका लागि सुरुवाती चरणमा प्रतिनिधिमूलक रुपमा समिति गठन गरिएको युवा नेता भुवन भट्टले जानकारी दिए ।

यस्तो छ कांग्रेस सुधार अभियान (यू–४०) केन्द्रीय संयोजन समिति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?