+
+
WC Series
काठमान्डु गोर्खाज 2025
93/4 (10.6)
VS
५४ बलमा ५५ रन आवश्यक
सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

पार्टी छोडेर जाँदैमा रास्वपाले कसैको खेदो खन्दैन : मनिष झा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १७:१०

३ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले नख्खु कारागारमा गएर पार्टी सभापति रवि लामिछानेलाई नभेटेको भन्दै पार्टीका पूर्वनेता सन्तोष परियारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

पार्टीका पूर्वनेता परियारले एक अन्तर्वार्ताका क्रममा भेट्ने समय नमिलेर लामिछानेलाई नभेटेको प्रतिक्रिया दिएका थिए ।

बुधबार पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उन्ले सल्लाह गरेर जान सकिने भएनपनि परियारले त्यसो नगर्नुभएको भन्दै गुनासो गरे ।

धनगढी, रुपन्देहीको कारागारमा भएको भए छुट्टै कुरा हुने भन्दै उनले चार किलोमिटर टाढा रहेका सभापतिसँग भेट्न नगएको बताए ।

रास्वपा पार्टी छोडेर जाँदैमा खेदो खन्ने पक्षमा नरहेको पनि स्पष्ट पार्नुभयो ।

‘के गरौँ म भनेर सल्लाह गर्न सकिन्थ्यो । त्यो आवश्यक ठान्नुभएन । रुपन्देहीमा, धनगढीमा भएको अर्को कुरा । तर चार किलोमिटर टाढा हुनुहुन्छ । उहाँ जानुभएन । भेट्नुभएन । पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले हिजोमात्रै गएर साढे तीन घण्टा भेटेर निस्किनुभयो,’ झाले भने, ‘उहाँले पर्याप्त समय पाउनुहुन्थ्यो । कसैको स्टुडियोमा गएर सदाशयता देखाउनुपर्ने थिएन । हामी अरु दल जस्तो पार्टी छोडेर कोही जाँदैमा उहाँको खेदो खन्ने, उहाँको मान मर्दन गर्ने, त्यस्तो अभ्यास हामीले सुमनाजीको बेलामा पनि गरेनौँ ।’

उनले केही दिनअघि मात्रै रास्वपाबाट प्रमुख सचेतक समेत भइसकेका परियारले पार्टी त्याग गरेको पत्र बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?