+
+
WC Series
काठमान्डु गोर्खाज 2025
88/4 (10.4)
VS
५६ बलमा ६० रन आवश्यक
सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

संसद् पुनर्स्थापनाको मागले राष्ट्रलाई पुन: अस्थिरताको चक्रमा धकेल्न सक्छ : प्रधानमन्त्री

‘निर्वाचनको घोषणापछि पनि कुनैकुनै दलमा राजनीतिको छेउकुनामा देखिएको अन्योल, संसद् पुन:स्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले राष्ट्रलाई फेरि अस्थिरताको चक्रमा धकेल्न सक्नेछ,’ उनले भनेकी छिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १७:१८

३ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संसद् पुनर्स्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले पुन: राष्ट्रलाई अस्थिरताको चक्रमा धकेल्नसक्ने बताएकी छिन् ।

राजनीतिक दलहरूसँग सिंहदरबारमा जारी छलफलका क्रममा उनले यस्तो बताएकी हुन् ।

‘निर्वाचनको घोषणापछि पनि कुनैकुनै दलमा राजनीतिको छेउकुनामा देखिएको अन्योल, संसद् पुन:स्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले राष्ट्रलाई फेरि अस्थिरताको चक्रमा धकेल्न सक्नेछ,’ उनले भनेकी छिन् ।

साथै, उनले संवैधानिक अडानमा सरकारको कुनै अलमल नभएको बताएकी छिन् ।

‘आगामी फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नु हाम्रो संवैधानिक दायित्व र जनताप्रतिको अटल राजनीतिक प्रतिबद्धता हो,’ प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूलाई सम्बोधन गर्दै भनेकी छिन्, ‘म स्पष्ट पार्न चाहन्छु, हाम्रो संवैधानिक अडानमा कुनै अलमल छैन । निर्वाचनको अनिवार्यताका बारेमा पनि हाम्रो प्रतिबद्धता दह्रिलो र स्पष्ट छ ।’

उनले राजनीतिक दलहरूलाई संवैधानि निकासको बाटोतर्फ लाग्न आग्रह गरेकी छिन् ।

‘अब संसद् पुन:स्थापनाको अडान लिने हो भने त्यस कार्यले केवल विगतको राजनीतिक दुर्घटनालाई दोहोर्याउन खोजेको पुष्टि हुन्छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘तसर्थ हामीले अब राजनीतिक बहसलाई संवैधानिक निकासको बाटो अर्थात् निर्वाचनमा केन्द्रित गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?