+
+
WC Series
काठमान्डु गोर्खाज 2025
92/4 (10.5)
VS
५५ बलमा ५६ रन आवश्यक
सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

कांग्रेस विशेष महाधिवेशन पक्षधरले भन्यो- अविलम्ब निर्णय गरियोस्

विधानले तोकेको अवधिभित्रै अर्थात् आगामी ५५ दिनभित्रै महाधिवेशन सुनिश्चित नभएसम्म  माग फिर्ता पनि नहुने समूहको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १७:२४

३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले केन्द्रीय कार्यसमितिलाई अविलम्ब विशेष महाधिवेशनको मिति र स्थान तोक्ने निर्णय गर्न आग्रह गरेको छ ।

विशेष महाधिवेशनका लागि पार्टीमा झण्डै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर बुझाएको समूहले बुधबार अनामनगरमा पत्रकार सम्मेलन गरेर केन्द्रीय कार्यसमितिलाई अविलम्ब विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको मिति र स्थान तोक्ने निर्णय गर्न आग्रह गरेको हो ।

‘विशेष महाधिवेशन प्रतिनिधिहरूको विशेष वैधानिक अधिकार भएको भन्दै उक्त समूहले कुनै पनि दबाब र कसैको प्रभावबाट नरोकिने बताएको छ । विधानले तोकेको अवधिभित्रै अर्थात् आगामी ५५ दिनभित्रै महाधिवेशन सुनिश्चित नभएसम्म  माग फिर्ता पनि नहुने समूहको भनाइ छ ।

‘त्यसैले हामी केन्द्रीय कार्यसमितिलाई विनम्रतापूर्वक आग्रह गर्न चाहान्छौं– अब नअलमलिनुस्, नअलमलाउनुस्,’ पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अविलम्ब विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको मिति र स्थान तोक्ने निर्णय गरियोस् ।’

कांग्रेस रुपान्तरणका लागि आफूहरूले केवल महाधिवेशनको कार्यतालिकामात्रै नखोजेको उनीहरूको भनाइ छ, ‘हामीले सुनिश्चित महाधिवेशन खोजेको हो । यस विषयमा हुने कुनै पनि प्रकारका जालझेलप्रति सचेत रहन हामी सबै साथीहरूमा आग्रह गर्दछौं,’ विशेष महाधिवेशन पक्षधर समूहले भनेको छ ।

समूहले विशेष महाधिवेशन माग गरी केन्द्रीय कार्यलयमा दर्ता भएको हस्ताक्षरको सूचीमा विविध कारणले छुटे पनि समयमै महाधिवेशन चाहने महाधिवेशन प्रतिनिधिलाई हस्ताक्षर गरेर अभियानमा ऐक्यबद्धता जनाउन पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?