+
+
WC Series
काठमान्डु गोर्खाज 2025
118/10 (16.5)
VS
Sudurpaschim won by 29 runs
Won सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

प्रधानमन्त्री कार्कीले जेनजी युवालाई इमोसनल ब्ल्याकमेल गरिन् : महेश बस्नेत

बालेनले काठमाडौंमा गरेको विकासलाई दिए चुनौती

उनले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारमाथि प्रश्‍न गर्दै भने, ‘भदौ २३ गते सिभिल अस्पतलमा गएर तपाईले जेनजी युवाहरूलाई इमोस्नल ब्ल्याकमेल गर्नुभयो अन्तराष्ट्रिय डिजाइनमा उचाल्नुभयो। आज ती घाइते र शहीद परिवार माइतीघरमण्डला र मन्त्रालयमा धाइरहँदा तपाइहरूले दिएका जवाफहरू चित्त बुझ्दा छन् त ? आन्दोलनका मर्म र भावना बोकेका परिवारहरू खुसी छन् त ? महावीर पुनले जेनजी २ लाई दिएको दवाफले के उनीहरू खुसी भए त ? ‘

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ गते जेनजीहरूलाई इमोसनल ब्ल्याकमेल गरेर उचालेको आरोप लगाएका छन्।
  • बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्यालले जनताको भावना नसमेटेर निरंकुश शासन लागू गर्न खोजेको आरोप लगाए।
  • उनले निर्वाचन आयोगले दलहरूलाई चुनाव चिह्न प्रयोग नगर्नु भनेर स्टन्टबाजी गरेको आरोप लगाउँदै चुनाव वातावरण नहुँदो रहेकाले चुनाव सम्भव नभएको बताए।

३ मंसिर, काठमाडौं। नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ गते जेनजीहरूलाई इमोसनल ब्ल्याकमेल गरेर उचालेको आरोप लगाएका छन् ।

बुधबार सिमरा घटनापछि परवाानीपुरको कार्यक्रममा जान नपाएपछि प्रेस चौतारीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेता बस्‍नेतले प्रधानमन्त्री कार्कीमाथि यस्तो आरोप लगाएका हुन् ।

उनले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारमाथि प्रश्‍न गर्दै भने, ‘भदौ २३ गते सिभिल अस्पतलमा गएर तपाईले जेनजी युवाहरूलाई इमोसनल ब्ल्याकमेल गर्नुभयो अन्तराष्ट्रिय डिजाइनमा उचाल्नुभयो। आज ती घाइते र शहीद परिवार माइतीघरमण्डला र मन्त्रालयमा धाइरहँदा तपाइहरूले दिएका जवाफहरू चित्त बुझ्दा छन् त ? आन्दोलनका मर्म र भावना बोकेका परिवारहरू खुसी छन् त ? महावीर पुनले जेनजी २ लाई दिएको दवाफले के उनीहरू खुसी भए त ? ‘

उनले गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा गएर जनताको भवना नसमेटेर निरंकुश लाद्न खोजेको आरोप लगाए। ‘ ओमप्रकाश जीले जेनजीलाई दिएको जवाफले खुसी छन् त जेनजी ? म चुनावमा जाँदिन दल पनि खोल्दिनँ। हामीलाई मतलब छैन। के बुँझिदो रहेछ भने निर्दलीय व्यवस्थामा जाँदा नेपाल निरंकुशतर्फ जाने रहेछ। अहिले २ महिनाको अवधिमा नेपाल हरिविजोक पारामा गुज्रिरहेको छ। ‘

उनले मन्त्री कुलमान घिसिङले डडेलधुराको २० अर्ब बजेट भक्तपुर धुलिखेल सडक खण्डमा हालेको आरोप लगाए। उनले भने, ‘आज कुलमानले डडेलधुराको २० अर्ब बजेट भक्तपुर धुलिखेल सडक खण्डमा हालेका छन्।’ साथै उनले कुलमानले विद्युत प्रसारण लाइनमा भारतसँग मिलेर देशलाई ४३ करोड घाटा लगाइएसकेको पनि आरोप लगाए। ‘ अहिले कुलमानको भागमा ऊर्जामन्त्रालय, शहरी विकास मन्त्रालय लगायतका मालदार मन्त्रालयहरू छन्।’ उनले भने।

यस्तै काठमाडौं महानगरपालिका मेयर बालेन साहले गरेको ३ वर्षे विकासलाई चुनौती दिएका छन् । उनले भने, ‘ मैले सांसद हुँदा पाँच वर्षमा भक्तपुरमा गरेको विकास र बालेनले मेयर भएर काठमाडौं महानगरपालिकामा ३ वर्षमा गरेको विकासको तुलना गर्न चुनौती दिन चाहन्छु।’

उनले जेनजीको नाममा भएका आन्दोलनहरू भोगेको देशमा चुनाव नभएको जिकिर गरे । ‘ म्यानमार र बंलगादेशलगायतका देशहरू जहाँ जहाँ जेनजीको नाममा आन्दोलन भए, ती देशहरूमा चुनाव भएका छैनन्। त्यसकारण यहाँ पनि चुनावको वातारण छैन।’ उनले भने।

उनले निर्वाचन आयोगले पनि पार्टीहरूलाई चुनाव चिह्‍न प्रयोग नगर्नु भनेर स्टन्टबाजीमा उत्रिएको आरोप लगाए।’ निर्वाचन आयोगले दलहरूलाई चुनाव चिह्न प्रयोग नगर भन्दैछ। अब जागरण गोष्ठीमा, टोपीमा र झण्डामा पनि राख्‍न पाइदैन भन्दैछ। यो भनेको कस्तो चुनाव गर्दैछौ त हामी। चुनाव चिह्न प्रयोग नगरेर के गर्ने त ? आयोग पनि स्टन्टबाजीमै उत्रिएको छ यहाँ।’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?